मित्सुबिसीको गाडी सार्वजनिक

 

भरतपुर, ०२ चैत । भरतपुरमा रहेको दाताज मोटर्सले मित्सुबिसीको दुई नयाँ गाडी बजारमा ल्याएको छ ।12528797_1049760378399100_540902300_o
आउटल्याण्डर र एएसएक्स नामक गाडी बजारमा ल्याएको हो । सोमबार चितवनका वरिष्ठ उद्योगी गुणचन्द्र विष्टले गाडी सार्वजनिक गरे । दाताज मोटर्सका सञ्चालक दाताराम घिमिरेले चितवनका गाडी पारखीहरुका लागि गाडी निकै उपयुक्त रहेको बताए ।

नयाँ–नयाँ सुविधासहितको यी दुई गाडी निकै उत्कृष्ट रहेको उनले दाबी गरे । आउटल्याण्डरको मूल्य ९८ लाख र एएसएक्सको ८६ लाख रुपैयाँ मूल्य रहेको घिमिरेले जानकारी दिए ।