४.५ म्याग्नेच्युटको पराकम्प

काठमाडौं, २ चैत  । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ३ बजेर १२ मिनेट जाँदा ४.५ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।bhukampaa
यसअघि आइतबार बिहान ११ बजे धादिङ केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्युटको पराकम्प गएको थियो ।
गत वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४ म्याग्नेच्युटभन्दा माथिका ४४१ वटा पराकम्प गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.