सौर्य बत्ती, पोल छ, बत्ती छैन -कावासोती नगरमा

दयाराम आचार्य
नवलपरासी,०२चैत । कावासोती नगरपालिकाले वातावरण मैत्री स्थानिय शासन कार्यक्रम अन्र्तगत नगरपालिकामा करीब ७ महिना अघि जडान गरीएको सौर्य बत्तीमा समस्या देखिएमा मर्मत कसले गर्ने भन्ने अन्योल देखिएको छ ।IMG_2225
कावासोती नगरपालिकाले नवलपुर उधोग बाणिज्य संघसंग समन्वय गरेर उपभोक्ता समिति मार्फत सौर्य बत्ती जडान गरीएको थियो ।
जडान गरीएको बत्ति मध्य कावासोतीको थाना अगाडि चोकमा रहेको सौर्य बत्ती जडान गरीएको पोलमा बत्ति नै छैन । जसको बारेमा नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका अध्यक्ष्ँ समेत अनभिज्ञ छन ।
नगरपालिकाले ५ लाख रुपैयाको लागतमा उपभोक्ता समिति मार्फत कावासोतीका ९ वटा मुख्य मुख्य चोकमा बत्ति जडान गरेको थियो । जस मध्ये थाना अगाडि रहेको पोलमा बत्तिनै छैन भने अन्य स्थानका पोलमा रहेकोसौर्य बत्तिको मर्मत गर्नुपर्ने अवस्था देखिएको स्थानियले बताएका छन ।
बत्तिराखिएको स्थानका सौर्य पातामा धुलो भरिएको तथा ब्याट्रीमा पानि कम भएकोले बत्ती नबल्ने बलेपनी कम समयमात्र बल्ने समस्या देखिने स्थानिय बताउछन ।
यस वारे नगरपालिकासंग बुझ्दा सौर्य बत्ती उपभोक्ता समिति मार्फत जडान गरीएको र मर्मत सम्भार पनि उपभोक्ता समितिले गर्ने भनेका कारण नगरपालिकाले सिधै र्सौय बत्ती जडान गर्ने कम्पनि सम्म पुगि र्मर्मतको लागि पहल गर्न गाह्रो हुने गरेको कावासोती नगरपालिकाका योजन अधिकृत बिनोद अर्याले बताए ।
यस्तै उपभोक्ता समितिले पनि एक पटक काम सकेपछि आफ्नो काम सकियो भनेर ध्यान नदिदा यो प्रक्रिया बाट सौर्य बत्ती जडान कार्य गर्न समस्या हुने गरेको अधिकृत अर्यालले बताउनु भयो ।

नगरपालिकाले कतिपय योजना उपभोक्ता समिति मार्फत गर्ने गरेकोले गरेका कुनै पनि योजनाकोे उपभोक्ता समितिले रेखदेख गर्नु पर्ने र स्थानियले पनि चासो दिनु पर्नेमा कतिपय उपभोक्ता समिति ब्यवसायी र ठेकेदारले जस्तो काम गरेको कावासोती नगरपालिकाकी वातावरण अधिकृत संगिता सुवेदीले आरोप लगाए ।
सडक सौर्य बत्ति पनि सबै ठाउमा नगरपालिकाले जडान गर्न र मर्मत सम्भार गर्न नसक्ने भएकाले उपभोक्ता समितीलेनै पहरेदारको रुपमा काम गर्नु पर्ने र स्थानियहरुले पनि ध्यान दिनु आवश्यक रहेको सुवेदीले बताउनु भयो ।

दुई बर्ष सम्म कम्पनिले वारेन्टीको हिसाबमा मर्मत गर्ने भनेको भए पनि थाना चोकमा बत्ति नभएको कुरा आफलाई पनि थाहा नभएको सोलार बत्ती उपभोक्ता समितिका अध्यक्ष केशव भट्टराईले बताए ।
उपभोक्ता समितिमा मर्मतको लागि पैसा नभएकोले आफुले केहि पटक आफ्नै ब्यक्तिगत पैसामा मर्मत गरेको भए पनि मर्मतको लागि स्पस्ट रुपमा ब्यवस्था नभएको, सामान्य छलफलमा नजिकका स्थानियले मर्मत गर्ने भन्ने भएको भएपनि त्यसो हुन नसकेको उनको भनाई छ ।
स्थानियका अनुसार थाना अगाडि करीब २ महिना बाट बत्ती छैन र यसका बारेमा सम्बन्धित निकायमा कुरा गर्दा कुनै पहल नभएको बताउछन ।
यता संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयले देशभरका २ सय १७ नगरपालिकालाई सडक सौर्य बत्तिको लागि माग फारम आवहन गरेको छ । जसमा कावासोती नगरपालिकाले पनि यहाका उपभोक्ता समिति र टोल सुधार समितिका पदाधिकारीहरुलाई फारम भर्न समेत आवहान गरेको छ । फारम भरी नगरपालिकामा जम्मा हुने क्रम चलिरहेको छ । फारम चैत २ गते सम्म संकलन गर्ने जनाईएको छ ।
यदि प्रतिस्पर्धाको आधारमा संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालय बाट कावासोती नगरपालिकामा योजना छनौट भएमा बिभिन्न समिति,टोल सुधार समिति मार्फत समितिले कम्तिमा १५ प्रतिशत लागत तिर्ने गरी सडक सौर्य बत्ति जडान हुनेछ ।
केहि समय अगाडि जडान भएका सौर्य सडक बत्तिपनि मर्मत सम्भार कसले गर्ने भनेर जिर्ण बन्न लाग्दा यदि नया योजना परे पनि त्यो कसरी सफल बन्ला भन्ने आशंका स्थानियले प्रकट गरेका छन ।
यस कारण कुनै पनि कार्यक्रम संचालन गर्दा नगरपालिकाले कडा निति अवलम्बन गर्न आवश्यक रहेको छ हैन भने नगरपालिका बाट भएका अन्य योजना पनि कागजि रुपमा सफल र बास्तवितकतामा असफल हुदै जाने होकी भन्ने नगरवासीको चिन्ता रहेको छ ।
अहिले जडान गरीएका सबै सौर्य बत्तिमा नया छन ,जसले गर्दा तत्काल पुर्ण रुपमा नबल्ने र जिर्ण अवस्थामा नपुग्लान तर यसको मर्मत सम्भार नगर्दा केहि समयको अन्तरालमा यी सौर्य बत्तिका पोल दिउसको लागि देखाउने र नगरपालिकाकोे योजनामा काम सम्पन्न भएको भन्ने बाहेक अरु केहि नहुने होला भन्न सकिदैन ।
अहिले एउटामा पोलमा बत्ति छैन भोलि सबै यस्तै नहोला भन्ने छैन । त्यसकारण “रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदीनु बेस भने झै” सौर्य बत्ति जडान गर्ने उपभोक्ता समिति , त्यसको लाभ लिने स्थानिय र लगानी गर्ने नगरपालिका सबैले बेलैमा चासो दिएर अहिले बाटै रेखदेख गरी जिर्ण बन्नुबाट जोगाउन आवश्यक रहेको कतिपयको भनाई छ ।
भएकै बत्तिको संरक्ष्ँणमा अन्यौलता उत्पन्न भई रहदा छनौट भएको खण्डामा नया आउने सौर्य बत्ति योजना प्रति पनि कतिपय उपभोक्ताले अहिलेनै आशंका प्रकट गरेका छन भने मर्मत सम्भारको लागि स्पस्ट प्रावधान निर्माण गर्नु पर्ने माग पनि गरेका छन

Leave a Reply

Your email address will not be published.