पर्यटकको स्वागतमा लोकप्रिय होमस्टे (फोटो फिचरसहित )

प्रकाश ज्ञवाली
चितवन, ०२ चैत । नेपालमा पाहुनाको स्वागत सत्कार गर्ने शैली देखेर एउटै व्यक्ति वा समूह पटक पटक भ्रमणमा आउने गरेका छन् । शहरी भेगभन्दा पनि ग्रामिण भेगहरुमा गरिने सत्कारका शैली र स्थानीयको न्यानो आतिथ्यताले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । अझ यसमा पनि पछिल्लो समय नेपाली ग्रामिण भेगमा होमस्टेको अवधारणाले नेपालीपनको छुट्टै झल्को दिने गरेको छ । यस्तैमा चितवनमा पनि होमस्टेहरु खुल्ने क्रम तीव्र छन् ।12842404_1172808356070309_1880524461_o

चितवनको माडी, काउले, शक्तिखोर, मेघौली लगायतका स्थानमा यसअघि नै स्थानीय जनजातिको अगुवाईमा होम स्टेहरु संचालन भइसकेका छन् । पछिल्लो पटक पश्चिम चितवनको चित्रवन नगरपालिका वडा नं ११ मा पनि होमस्टेको शुभारम्भ गरिएको छ । स्थानीय मझुवा सामुदायिक वनको सक्रियता र लगानीमा गोव्रेनीमा होमस्टेको शुरु गरिएको हो ।

होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय रुपमै उपलव्ध हुने खानेकुराहरु खुवाइने र स्थानीय सस्कृतिको रसस्वादन गराइने सस्थाका अध्यक्ष राजकुमार तामाङले जानकारी गराउनुभयो । सो होमस्टेमा वस्नेले नजिकैको सामुदायिक वनमा एकसिंगे गैडा,बाघ,वदेल,हरिण,लाटोकोसेरो,आदिको सहजै अवलोकन गर्न सक्नेछन् । पहिलो चरणमा करिव ३० लाख रुपैयाको लागतका ७ कोठा सहितको एउटा घर तयार गरिएको छ । नजिकै अर्को भवन पनि निमार्णाधिन अवस्थामा छ ।12476637_1172808296070315_2025031813_o

साविक गुन्जनगर गाविसको पुरै वडा र शारदानगर गाविसको वडा नं २,५,६ र ९ नं का स्थानीयहरु यो मझुवा सामुदायिक वनका उपभोक्ता हुन् । करिव ८ हजार घरधुरी रहेको सो क्ष्ँेत्रमा तीस हजारको हाराहारीमा जनसंख्या रहेको छ । आदिवासी जनजातिको वाहुल्यता रहेको सो क्ष्ँेत्रका अधिकाशं व्यक्ति खेतिकिसानीमै आश्रित छन् । करिव २ सय हेक्टर क्ष्ँेत्रफलमा फैलिएको वनवाट यस भेगका उपभोक्ताले घास नियमित रुपमै प्राप्त गरेका छन् ।

सामुदायिक वनले समय समयमा खोल्ने अवसरमा दाउरा पनि करिव वनवाटै प्राप्त हुन्छ । यसरी एउटा ग्रामिण जीवन विताइरहेका स्थानीयहरुको सक्रियतामा शुभारम्भ गरिएको होमस्टेको उद्घाटन कार्यक्रमलाई पनि उनीहरुले भव्य वनाए । अमेरिकी पाहुनाहरुका विचमा गरिएको उद्घाटन कार्यक्रममा स्थानीयले फूलमाला,खादा र अविरले उनीहरुको सम्मान गरेका थिए ।12722373_1172808446070300_1914999824_o

होमस्टे शुभारम्भकै समयमा विदेशी पाहुनाहरुलाई पाएका गोवे्रनीवासी होमस्टे संचालनवाट गाउको सामाजिक,आर्थिक,राजनैतिक र भौतिक विकास निमार्णको वाटोमा पनि सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा स्थानीय राजनैतिक दलका प्रतिनिधी,समाजसेवी,वुद्धिजीवीले चितवनकै महत्वपूर्ण स्थान मानिए पनि गोव्रेनी सधै पछाडि परेकोमा अव विकास शुरु हुने वताएका थिए । चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले नगरपालिकाले नगरको विकासका लागि छुट्टै गुरुयोजना वनाइरहेकोले सोही अनुरुप विकास गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।12754897_1172808526070292_990621756_o

मझुवा सामुदायिक वनलाई नगर वनका रुपमा विकास गरी चितवनको अन्य भागको पर्यटनसंग चित्रवनलाई जोड्ने अभियानमा नगरपालिका रहेको उहको भनाई थियोे । २०४१ सालसम्म वगरकै रुपमा रहेको यो स्थान स्थानीयको सक्रियतापछि क्रमश हरियाली हुदै अहिले स्थापित वनका रुपमा विकास भइसकेको छ ।

दुर्लभ एकसिंगै गैडादेखि विभिन्न वन्यजन्तुको अवलोकन सहज भएको मझुवा सामुदायिक वनको सरंक्ष्ँणका लागि पनि होमस्टे जस्ता स्थानीयको जीवनसंग जोडिएका कार्यक्रमहरु महत्वपूर्ण सावित हुने संरक्षणकर्मीहरुको वुझाई रहेको छ ।