हुण्डाई एक्स्पेरियन्स जारी

चितवन, ०२ चैत । विश्व विख्यात हुण्डाई मोर्टस्को चितवनका लागि आधिकारिक बिक्रेता पिनाकल ट्रेडिङ्ग कन्सर्नकोे आयोजनामा हुण्डाई एक्स्पेरियन्स सप्ताह चितवन र हेटौडामा सुरु भएको छ । आईतबारदेखि सुरु भएको कार्यक्रमको दुई दिनमा ८० जनाले अवलोकन गरेका थिए ।12516180_1049760358399102_989609707_n हुण्डाई ब्राण्डका ग्राहकवर्गहरुको चाहानालाई मध्ये नजर गर्दै हुण्डाई एक्स्पेरियन्स सप्ताह चितवन र हेटौडामा एक साथ सुरु भएको हो ।
अवलोकनमा आएका मध्ये ५ जनाले गाडी बुकिङ्ग गरेको, २५ जनाले टेष्ट ड्राईभ गरेको र ४० जनाले फ्रि सर्भिसिङ्ग क्याम्पमा सहभागिता जनाएको साथै ३ जनाले गाडी एक्सचेञ्ज गरेको पिनाकल ट्रेडिङ्ग कन्सर्नका प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठले जानकारी दिए ।
सप्ताह ब्यापी कार्यक्रममा अवलोकन गर्न आउनेहरुलाई टेस्ट ड्राईभ गराउने, एक्स्चेञ्जको ब्यवस्था, तत्काल गाडी खरिद गर्नका लागि सुलभ बैंकिङ्ग सुविधाको ब्यवस्था साथै बिशेष छुटको ब्यवस्था समेत रहेको छ ।
हुण्डाईले बर्षमा चार पटक सम्म यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको र यसले गर्दा ग्राहकहरु उत्साहित हुने गरेको श्रेष्ठले बताए ।