चितवनमा चैते धान रोपाईँ सुरु

करुणा देवकोटा
चितवन, ०२ चैत । चितवनका विभिन्न स्थानहरुमा चैते धान लगाउन सुरु गरिएको छ । फागुनको अन्तिम हप्ताबाट जिल्लाको पूर्वी क्षेत्रहरुमा चैते धान लगाउन सुरु गरिएको हो ।12829186_1714400855441148_5629122834511280890_o

चितवनका कतिपय किसानहरुले भने ब्याड राख्ने काम पनि जारी राखेका छन् । चैते धानको बीउ छनौट गर्दा स्रोत खुलेको ठाउँबाट बीउ ल्याउनुपर्ने विज्ञहरुको भनाइ छ । जिल्ला कृषी विकास कार्यालय चितवनका अनुसार गुणस्तरीय र जातीय शुद्धता भएको बीउको छनौट मात्र गर्न सके पनि उत्पादनमा २० देखि २५ प्रतिशत वृद्धि गर्न सकिन्छ । कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार छिटो पाक्ने र वर्षा सुरु नहुँदै फल दिने बीउको छनौट गर्नुपर्छ ।
विषेशगरी हर्दिनाथ १ जातको धानको बीउ चैते धान लगाउने किसानहरुको रोजाइमा पर्ने गर्दछ । ब्याड राख्दा हिलो भन्दा धुले ब्याडको प्रयोग राम्रो हुने लामिछानेले बताए । लामिछानेका अनुसार ब्याडमा प्लाष्टिकको छापोको व्यवस्था अत्यावश्यक हुन्छ । प्लाष्टिकको छापोले धानको उत्पादनमा समेत वृद्धि ल्याउन सक्छ ।
चितवनको पूर्वी क्षेत्रको कठार, कुमरोज, भण्डारा, पिप्ले, बछौलीलगायतका ठाउँहरुमा चैते धान लगाउने गरिन्छ । मौसमी सिँचाईले मात्र चैते धानलाई नपुग्ने र जिल्लाको पश्चिम क्षेत्रमा सिँचाई समेत कम हुने कारण पूर्वी क्षेत्रमा मात्रै चैते धान लगाउने गरिएको हो । जिल्ला कृषी विकास कार्यालय चितवनका अनुसार यस वर्ष जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलमा चैते धानको रोपार्इँ हुँदैछ ।12792118_1714400868774480_8501376354700004753_o
जसबाट करिब २२ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा ४२ सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाईं भएको थियो भने १७ हजार छ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो । अहिले नेपालमा देखा पर्दै गइरहेको खाद्य संकटलाई प्रतिस्थापन गर्न पनि चैते धानले मुख्य भूमिका खेल्दछ ।
जिल्ला कृषी विकास कार्यालय, चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार यो धान अधिकांश किसानहरुको आफूले खाना खानको लागि प्रयोग गर्ने गर्दछन् । किसानको चाहना अनुसार सरकारले पनि किसानले खान मिल्ने मसिनो जातको चैते धानको बीउ प्रयोगमा ल्याउने हो मुलुकको खाद्य संकट कम गर्न सकिन्छ ।