चट्याङ लागेर रत्ननगर २ जनाको मृत्यु, ८ जना घाईते

 

चितवन, चैत्र १ । पूर्वी चितवनमा आज भारी बर्षासगै अपरान्ह परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० जिरौनामा परेको चट्याङ लागेर २ जनाको मृत्यु र ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भने घाईते चार जनाको अवस्था गम्भिर रहेको छ ।chatyang

चट्याङ लागेर मृज्यान जानेमा सर्लाही रन्जितपुर–९ का १६ वर्षिय दिनेश माझी, सोही जिल्लाका हजरिया ५ की २४ वर्षिया रिता राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्त कुवंरले जानकारी दिए । दिनेशको घटनास्थलमा नै मृत्यु भएको हो भने रिताको उपचारका क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको उनले बताए ।

यस्तै घाईते हुनेहरुमा सर्लाही नरेनखोला बस्ने २१ वर्षिय सुरेश राई, सिन्धुली बस्ने १६ वर्षिय गोपाल राई, सोही स्थानकी सुमित्रा राई, अन्जु राईका २ वर्षिय छोरा कमल राईको अवस्थामा गम्भिर रहेको छ । अन्य ४ जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । मृतक तथा घाईते सबै इट्टा उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।