‘अटोल्यान्ड’ निर्माण गर्नुपर्ने माग

राजेन्द्र आचार्य
चितवन, ०१ चैत । अटो मेकानिकल व्यवसायीले व्यवस्थित अटो वर्कसप निर्माणका लागि ‘अटोल्यान्ड’ निर्माण गर्नुपर्ने माग गरेका छन् ।
छरिएर रहेका अटो व्यवासायलाई एकत्रितगरी एक निश्चित ठाउँमा सञ्चालन गर्नका लागि अटो भिलेज बनाउनुपर्ने व्यवसायीहरुको जोडदार माग गरेका हुन् ।12837635_1a
चितवन अटो मेकानिकल व्यवसायी सघंको १७ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्दै चितवनका अगुवा अटो व्यवसायीहरुले यस्तो माग अघि सारेका हुन् ।
व्यवसायीले अटो मेकानिक्स क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिने प्रशिक्षण केन्द्र निर्माण गरी नयाँ दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।
एत्रतत्र छरिएर रहेका अटो व्यवायबाट उत्पादन हुने फोहोरले भरतपुर नगर क्षेत्र प्रदुषित हुनुका साथै कुरुप भएको भन्दै सुन्दर सफा र स्वच्छ नगरपालिका बनाउका लागि समेत अटो भिलेजको अवाश्यकता रहेको अटो व्यवासयीहरुको स्पष्युक्ती छ ।
साधारणसभाको उद्धघाटन गर्दै नेपाल अटो मेकानिकल व्यवसायी महासंघ अटो मेकानिक्स क्षेत्रमा समेत विभिन्न समस्या रहेकाले यसलाई सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दारीपूर्वक कार्य गर्न आवश्यक रहेको बताए ।
उनले सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गरिसकेपछि मात्र यस क्षेत्रमा लाग्न सुझाव दिए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि रहेका उवासंघ चितवनका अध्यक्ष राजन गौतमले व्यवस्थित अटो भिलेजका लागि आवश्यक व्यवस्था गर्न भतपुर उपमहानगरपालिका र जिविससगं सहकार्य गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै संघका पूर्व अध्यक्ष गोपाल भट्टराईले चितवनको हालको विकास र भविष्यलाई समेत ख्यालगरी कम्तिमा १० देखि २५ विगाह जमिन अटो भिलेजका लागि आवश्यक पर्ने जानकारी गराए ।
संघका अध्यक्ष बालराम भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संघका मासचिव प्रेमप्रसाद पाण्डेले बार्षि प्रगति प्रतिवेद र कोषाध्यक्ष रामबहादुर लोहनीले आर्थिक प्रगति प्रतिवेद पेश गरेका थिए । सोही अवसरमा लामो समय देखि उत्कृट काम गरि गरिहेका दुई अटोमेकानिक्स डेमलाल पोडेल, ब्रम्हदेव शर्मालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
चितवनका व्यवसायीहरुले लामो समयदेखि व्यवस्थित अटो भिलेज माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.