सामना पहाडलाई सहीद शिव पौडेल स्मृति पुरस्कार

 

चितवन, ०१ चैत । नेपाली साहित्यको क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै कवि तथा साहित्यकार सामना पहाडलाई सहीद शिव पौडेल स्मृति पुरस्कार २०७२ प्रदान गरीएको छ ।

साहीत्य संगम चितवन मार्फत पहाडलाई उहाँको कविता संग्रह ‘पर्खाल भित्रको घाम’का लागी पुरस्कार प्रदान गरिएको हो । पहाडलाई आज एक कार्यक्रमका विच नगद सहीत पुरस्कार प्रदान गरीएको हो । २०३८ साल चैत्र १ गते अनेरास्ववियुका सदस्य शिव पौडेलको झडपका क्रममा विरेन्द्र क्याम्पसको प्राङगढमा हत्या गरीएको थियो ।

8f6f2e13187fcc79ad6feb48d6112996 कार्यक्रममा साहित्यकारहरुले कवि सामना पहाडको साहित्य तथा कृति ‘पर्खाल भित्रको घाम’को उच्च मुल्याङ्कन गर्देै कवि पहाडलाई साहित्यलाई निरन्तरता दिन आग्रह गर्दै सफलताको कामना समेत व्यक्त गरेका थिए ।

साहित्य संगम चितवनका अध्यक्ष द्वारीका नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सहिद शिव पौडेलकी बहिनी गायत्री अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा साहित्यकार तथा अक्षर समुह चितवनका अध्यक्ष ईश्वर कडेल, निवर्तमान अध्यक्ष कवि भुपीन, हाम्रो मझेरी साहीत्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जली, कवि डाडा साहित्य परिषद्का अध्यक्ष एल वि क्षेत्रीलगायत साहित्यकारहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।