परोपकारी पत्रकारिता, आजको आश्यकता– रविन्द्र मिश्र

 

चितवन, ०१ चैत । विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले परोपकारी पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । पत्रकारहरुले वीट बनाएरै परोपकारी पत्रकारिता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चितवनको भरतपुरमा सोमबार समसामयिक पत्रकारिताका विषयमा पत्रकारसँगको अन्तरक्रियाका क्रममा पत्रकार मिश्रले यसतो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘ पत्रकारको एउटा कलमले कसैको जीवनमै परिवर्तन हुन्छ भने यसप्रति पत्रकार किन अघि नवढ्ने ?’

सत्यतथ्य र निष्पक्ष पत्रकारितामा ध्यान दिंदै कसैको बहकाउमा नलागी काम गर्नुपर्ने उहाँको धारणा छ । सञ्चार माध्याम भित्र राजनीतिक झोला बाहिर राखेर जानुपर्ने भनाई उहाँको थियो ।7940645e27e0c30bc7cbbcdec973c799

चितवमा मानव सेवा आश्रममा अक्षयकोष स्थापनार्थ आयोजित कवितावाचनका लागि आउनुभएका उहाँले सोमबार पत्रकारसँग अन्तरक्रिया गर्नुभएको हो । कार्यक्रमको संयोजन ए टु जेट समाचार डट कम का प्रधान सम्पादक नारायण ढुंगानाले गर्नुभएको थियो । सो क्रममा जिल्लाका पत्रकारहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

यसैवीच कवितावाचनका बेला संकलित रकम बारे आश्रमका संयोजक रामजी अधिकारीले पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । चितवनमा मानव सेवा आश्रम सञ्चालनार्थ अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित विविसी नेपाली सेवा प्रमुख तथा कवि मिश्रद्धारा यही फागुन २९ र ३० गते चितवनमा परोपकारी कविता वाचन गर्नुभएको थियो ।

सो कार्यक्रमबाट करिव रु ३५ लाख रकम संकलन भएको आश्रमका संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो ।
४ महिना अघि हेटौडामा भएको कविता वाचनमा १२ लाख संकलन भएको थियो । चितवनको नारायणी कला मन्दिरमा भएको कार्यक्रममा कवि मिश्रले आफ्नो कविता संग्रहमा भएको कविता वाचन गर्नुभएको थियो । उहाँले ‘आमा’ शिर्षकको कविताबाट वाचन शुरु गर्नुभएको थियो ।

‘पापी’ शिर्षकको कविता र नेताहरुलाई व्यंग्य गरिएको कवितामा दर्शहरुले गहगडाहट तालीले स्वागत गरेका थिए । उहाँले अधिकाँश परोपकारी कविता वाचन गर्नुभएको थियो ।

संकलित रकमबाट अक्षयकोष स्थापना गरिने अभियान्ता रुपा केसीले जानकारी दिनुभयो । मागेर समेत खान नसक्ने, अशक्त,असाहय एंव मानसिक संतुलन गुमाई सडक पेटीहरूमा बेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश भएका व्यक्तिहरुलाई आश्रमले उद्धार गर्दै र परिवारमा पुनस्थापन गर्दै आएको छ ।
२०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई २०७१ जेठ १ गतेबाट चितवनमा अनौपचारिक सेवा शुरु भएको प्रमुख अभियान्ता तथा आश्रम संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो ।

हेटौंडा र चितवन भरतपुरलाई मानवीयताको शहरको रूपमा विकास गर्दै २०८२ साल भित्र नेपाललाई नै सडकपेटीहरूमा कष्टकर अवस्थमा जीवनयापन गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने अभियान आश्रमको रहेको छ ।

Leave a Reply

Your email address will not be published.