महाबौद्ध गुम्बाको भेटघाट कार्यक्रम

तुलमान गुरुङ

चितवन, ०१ चैत । बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले आज भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिनुभयो ।

अरु समयमा सबै आ–आफ्नो संस्थाको कामकर्तव्यमा व्यस्त भईरहनुपर्ने हुनाले आज विशेष रुपमा अन्य दिनको थकान र तनाबलाई विर्साउनका लागि पनि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ । जिल्लामा भएका सबै संघसंस्थाले हरेक वर्ष पालैपालोसंग यस्ता कार्यक्रमको आयोजना गर्न सके अझ राम्रो हने उहाँले झाव दिभयो ।

यस्तै कार्यक्रममा तमू ह्युल छोंज धीं, गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष सन्तलाल गुरुङले जिल्लामा गुरुङहरुको थुपै्र संघसंस्था भएपनि यसरी एकै ठाउँमा भेटघाट गर्ने समय मिलाउन भने नसकेकोले आजको यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताउनुभयो ।

यस्ता खालका कार्यक्रमले कोहि कसैकोबीचमा मनमुटाब भएपनि मिलाउने भूमिका निभाउने आदिवासी जनजाती महिला महासंघ चितवनकी अध्यक्ष भैंखु गुरुङले बताउनुभयो । कार्यक्रममा चितवन जिल्लाका विभिन्न केन्द्रदेखी इकाईसम्मका संघसंस्थाहरुको प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.