जैविक विविधता संरक्षणका लागि सामुदायिक वनमा पोखरी निर्माण

बिबेक भण्डारी,
नवलपरासी, ०१ चैत । वन संरक्षण तथा वनमा रहेका जंगलि जनावरहरुको सुरक्षाका निमित्त नवलपरासीको रजहर गाविसमा रहेको धुसेरी सामुदायिक वनले पोखरी निर्माण कार्य सुरु गरेको छ ।vlcsnap-2016-03-15-15h39m22s123
सामुदायिक वनमा बसेको भेलाले ५ कार्य समिति गठन गरि सो पोखरी निर्माणको कार्यलाई अगाडि बढाएको छ ।

करिव ३ कठ्ठाको क्षेत्रफलमा निर्माण हुन लागेको पोखरी निर्माणका लागि वहुसरोकार वाला वन कार्यक्रम अन्तरगत रिम्स नेपालले १ लाख , जिल्ल भू संरक्षण नेपालले १ लाख र जिल्ला वनकार्यलय नवलपरासीले २ लाख गरि ३ लाख सहयोग रहेको पोखरी निर्माण कार्य सम्पन्न गर्न ८ लाख ५२ हजार लाग्ने अनुमान गरिएको मयुर पोखरी निर्माण समितिका संयोजक लोकबहादुर कार्कीले वताए ।vlcsnap-2016-03-15-15h39m37s246

नवलपरासीको समामुदाययिक वन अन्तरगत धुसेरी समामुदायिक वनमा पहिलो पटक वन क्षेत्र भित्र पोखरी निर्माण गरिएको धुसेरी सामुदायिक वनकी उपाध्यक्ष देवु बानियाले वताए ।

बनमा निर्माण भइरहेको मयुरी पोखरी निर्माण पश्चात जंगलमा रहेका जंगलीपशु पंक्षिहरुले पर्याप्त मात्रामा पानी पिउन सक्ने र जंगलमा डढेलो लागेमा पोखरीको पानीको सहायताले वनमा लागेको आगो पनि नियन्त्रण लिन सकिने हुदा यो पोखरी आवस्यक रहेको वनका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले बताए । साथै पोखरी निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको हुदा पोखरी निर्माण कार्य चैत्र मसान्त सम्ममा सम्पन्न गर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published.