माडी भरतपुरको तथ्याङक संकलन तीव्र

माडी ०१ चैत्र ।  माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थाई वा अस्थाईरुपमा बस्दै आइरहेकाहरुको तथ्याङक संकलन कार्य तीव पारेको छ । बसाईसराई , पेशा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङक संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देखि १४ वडासम्म परिचालन गरिएको छ ।
माडी नगर क्षेत्रबाट भरतपुर आइबसोबास गरेकाहरुबीचको सम्बन्ध विस्तार गरि माडी विकासमा सघाउने उद्येश्य सहित तथ्याङक संकलन कार्य अघि बढाइएको जनाइएको छ । माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष जीतेन्द्र बहादुर भण्डारीले तथ्याङक संकलन कार्य जारि रहेकाले मञ्चमा आवद्ध हुन आग्रह गरे ।

भरतपुर वडा नम्बर १ र २ मा कपिल अधिकारी, प्रधुम्नकुमार खड्का, ३ र ४ मा कृष्णप्रसाद पौडेल, ५ र ६ मा शिवप्रसाद लम्साल, ७ ढाकाराम सापकोटा, डील्लिराज पौडेलको टोली खटिएको छ । यस्तै वडा नम्बर ८ मा टंकप्रसाद पौडेल, ९मा शिवप्रसाद ढकाल, १० मा विष्णुकुमारी क्षेत्री, ११ मा मोहनदत्त रानाभाट, १२ मा सीता सुवेदी बस्याल, १३ र १४ मा कृष्णबहादुर घर्तीको टोली खटिएको छ । मञ्चको कार्यालय कृष्णपुर कटहरचोकमा रहेको छ ।

माडीबाट आएर गैडाकोट क्षेत्रमा बसोबास गरेकाहरुको तथ्याङक संकलन कार्य समेत थालिने मञ्चको टेलिफोन डायरी प्रकाशन समितिका संयोजक ढाकाराम सापकोटाले जानकारि दिए । मञ्चले तथ्याङक संकलन गरेलगत्तै टेलिफोन डायरी प्रकाशन गर्ने तयारी थालेको छ । तथ्याङक संकलन गर्दा नाम, स्थाइ ठेगना, अस्थाइ ठेगना, मोबाइल नम्बर, पेशा वा व्यवसायबारे उल्लेख गरिने मञ्चका सचिव हिमालय दवाडीले जानकारि दिए ।

मञ्चले कल्याणकारी कोष बनाएर सहयोग गर्ने रणनीति समेत लिएको छ । मञ्चले तथ्याङक संकलनस“गै सदस्यता समेत वितरण गर्नेछ । वार्षिक कार्ययोजना बनाएर माडी क्षेत्रको सम्भावना र चुनौतीबारे बहस थालीने छ ।