सिद्धिविनायक र फलफुलको संयुक्त रक्तदान

 

चितवन, ०१ चैत्र । बढ्दो मात्रामा चितवनमा हुने रगत अभावलाई मध्ये नजर गदै फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढ चितवन र सिद्दिविनायक बचत तथा ऋण सहकारी संस्था भरतपुर–४ चितवनले संयुक्तरूपमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।12814083_1028430307199825_8079550285072059528_n
सो अवसरमा १० जना महिला गरि जम्मा १०६ जनाले रक्तदान गरेको फलफूल तथा तरकारी थोक ब्यवसायी संघका अध्यक्ष थिर प्रसाद धितालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री ज्ञानशाली न्यौपानेको प्रमुख आतिथि रहेको रक्तदान कार्यक्रममा व्यवसायी संघका अध्यक्ष थिर प्रसाद धिताल (कृष्ण) र रक्तदानका संयोजकद्धय जयराम पाण्डे र बलराम पाण्डे लाई ब्लडको पउच हस्तान्तरण गरि उद्धघाट गरिएको थियो ।12800143_1686013085003896_6514691566878426256_n
सिद्धिविनायक साकोसका अध्यक्ष शालिकराम घिमिरेको अध्यक्षतामा चितवन जिल्ला बचत संघ का अध्यक्ष श्रतेजेन्द्र बहादुर खडका, भरतपुर उपमहानगरपालिका का कार्यकारी अधिकृत महेश बराल र उद्योग वाणिज्य संघ चितवन अध्यक्ष  राजन गौतम, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष  राजु श्रेष्ठ  बिशिष्ट अतिथि रहेका थिए ।1924278_1028430537199802_8552282374245555126_n

कार्यक्रममा घर बहाल उपभोक्ता मंचका अध्यक्ष दुर्गा गौतम, मंञ्जरी साकोसका अध्यक्ष रामलाल लामा, होटल व्यवसायी संघ चितवनका अध्यक्ष एबं उद्योग वाणिज्य संघ चितवनका सदस्य डासिराम ढकाल केरा उत्पादक संघका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद सुवेदी संघका महासचिव मुकुन्द प्रसाद गौतम लगायतले बोलेका थिए ।12476633_1028565897186266_2146110580_o