प्रेस स्वतन्त्रताको मामिलामा कसैसँग सम्झौता गर्दिनः सभापति देउवा

काठमाडौं, चैत १ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताको मामिलामा कसैसँग सम्झौता नगरिने बताएका छन् ।Sherbahadur
देउवा निवास बुढानीलकण्ठमा पुगेर नेपाल पत्रकार महासंघले दिएको बधाई ग्रहण गर्दै सभापति देउवाले प्रेस र अभिव्यक्ति स्वतन्त्रता तथा बहुदलीय व्यवस्थाका विषयमा कसैसँग सम्झौता नगरिने बताएका हुन ।
उनले राजनीतिक दलहरुबीच एकताको वातावरण बनाउन समेत प्रेसको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारे ।
त्यस क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले प्रेसका लागि कांग्रेस सधैं सहयोगी बनेको र आगामी दिनमा पनि सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए ।