चितवनमा राउण्ड टेबलको बृहत रक्तदान (भिडियो सहित)

राजेन्द्र आचार्य
चितवन, ०१ चैत । युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा चितवन वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।12041099_1049605698414568_2044562866_o

“वि अ रियल हिरो” भन्ने नाराका साथ गर्मी मौसममा रगत अभाव नहोस् भनेर देश व्यापी रुपमा बृहत रक्तदान कार्यक्रम गरेको नारायणगढ राउण्ड टेबल –१४ सचिव विकास वर्माले जानकारी दिए ।12722367_1049605418414596_2083887848_o


राउण्ड टेबलको स्थापना दिवसको अवसरु परेर आयोजित रक्तदान कार्यक्रम ७ जना महिलासहित ५० जनाले रक्तदान गरेका थिए ।
नारायणगढ राउण्ड टेबलका अध्यक्ष प्रेम राठीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष राजन गौतम प्रमुख अतिथि रहेका थिए । 12168915_1049605481747923_1843847165_oराउण्ड टेबलका पूर्व अध्यक्ष विवेक प्रकाश शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्ष कपिलसागर कर्मचार्य लगायतले बोलेका थिए ।