इक्यानका अध्यक्ष प्रकाश पाण्डेलाई चितवनमा स्वागत
चितवन, ०१ चैत । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेलाई चितवनका शैक्षिक परामर्श ब्यवसायीहरुले एक कार्यक्रम गरि बधाई तथा कार्यकाल पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् । काठमाण्डौमा सम्पन्न अधिबेशनबाट पाण्डे अध्यक्ष बनेका थिए । भरतपुरमा भएको उक्त कार्यक्रममा पाण्डेले इक्यानमा नितिगत सुधारको आवश्यकता रहेको बताएका छन । सरकारसंग मिलेर आफूहरुको पेशालाई मर्यादित र ब्यवस्थित बनाएर ल्यैजाने पाण्डेले बताएका छन् । उच्च शिक्षाका लागी बिदेश जाने बिद्यार्थीहरुले राज्यलाई कर बुझाएका कारण उनीहरुको भविष्य उज्जवल हुनुपर्ने पाण्डेको भनाइ थियो । वैदेशीक अध्ययनका लागि गएका विद्यार्थीहरुमा केही समस्या आएमा सरकार र ब्यवसायी दुबै मिलेर समाधान गर्नु पर्ने पाण्डेको भनाई रहेको छ । एम्स एजुकेशनका प्रबन्धक कृष्ण कँडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सोम बहादुर कँडेल, हिम्मत पुरीे मन्तब्य राखेका थिए ।