भउनपामा काम कारवाही पारदर्शी नभएको नगरवासीको गुनासो

 

चितवन, ०१ चैत । भरतपुर उपमहानगरपालिकाका काम कारवाही पारदर्शी नभएको नगरवासीहरुको गुनासो छ । उपमहानगरपालिका भित्रका विभिन्न विकास निर्मँणको काम समेत ढिला सुस्ती भएको भन्दै नगरावासीहरुले उपमहानगरपालिकाको आलोचना गरेका छन् ।Bharatpur

भरतपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७२÷७३ को दोस्रो चौमासिकको अवसरका सहभागीहरुले यस्तो बताएका हुन् । नगर भित्रको बाटो निर्माण कार्य कछुवाको ताल भएको नगरवासीहरुको टिप्पणी छ ।

सडक विभाग कुम्भकर्ण भएको आरोप नगरावासीहरुले लगाएका छन् । सर्वसाधारणहरुले दैनिक धुलो खांदै हिंड्दा समेत सडक विभागको ध्यान नगएको उनिहरुको भनाई छ । सांघुरो बाटो, ढल निकासको व्यवस्था राम्रो नहुनु, लगायतका समयस्याहरु सडक भित्र रहेका छन् ।

भरतपुर उपमहानगरपालिकाले बजेट सार्वजनिक गर्दा भ्याट र एकिकृत करको बारेमा सर्वसाधारणहरुलाई बुझाउन नसक्दा पनि नगरवासीहरुले समस्या भोग्नु परेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष्ँ राजन गौतमले विभिन्न सेवा सुविधाहरुको अपेक्ष्ाँ गरिरहंदा पाएका सेवा सुविधाहरुलाई प्रयोगमा ल्याउन नगरवासीहरुसंग आग्रह गरेका छन् ।

सडक बाटोमा बत्तिको माग गर्नु तर त्यसलाई निभाउन तर्फ कसैको ध्यान नजानु नगरवासीको कमजोरी भएको गौतमले बताएका छन् । सुरक्ष्ँित पैदलयात्रा गर्ने सडक निर्माणमा जोड दिंदै गौतमले फुटपाथमा सामान राख्न नपाइने भन्दै बाटो मान्छेहरुको लागि छोड्नुपर्नेमा जोड दिएका छन् । घरबाट निस्केको फोहोरहरु घरमा नै व्यवस्थित गर्न सकिने भन्दै फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिने बताएका छन् । सबै निकायको बिचमा समन्वयकारी भुमिका निर्वाह हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले योजना कार्यान्वयनको लागि श्रोतको आवश्यकता पर्ने बताएका छन् । चालु आर्थिक वर्षमा सडक बाटो मर्मत कार्यलाई जोड दिएको बरालको भनाई छ । उनका अनुसार अब योजना कार्यान्वयनलाई तिव्र गतिमा अगाडि बढाइने छ ।

कार्यालयका नगरवासीहरुको गुनासो सुन्नको लागि विभिन्न गुनासो सुन्ने निकायहरु रहेकाले जुनसुकै समयमा आएर नगर भित्रका समस्याहरुलाई राख्न सकिने बरालले बताएका छन् ।

सो अवसरमा विभिन्न राजनितिक पार्टीका प्रतिनिधि, सडक डिभिजन कार्यालाय चितवनका इञ्जिनियर, शिक्ष्ाँ कार्यालयका प्रतिनिधि, लगायतले नगरवासीहरुले उठाएका समस्या तथा जिज्ञासा बारे प्रष्ट्एका छन् । सार्वजनिक सुनुवाई कार्यक्रम भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.