जस्मिन पेन्ट्सको प्रवद्र्वनमा मह जोडी आए

चितवन, चैत्र १ । चितवनमा मुख्य उत्पादन कारखाना रहेको जस्मिन पेन्ट्स प्रा.लि. वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई सद्भावना दूत (ब्राण्ड एम्बेसडर) घोषणा गरेको छ ।Jamine
कम्पनीका उत्पादनहरुको प्रवद्र्वनका लागि चर्चित यो जोडीलाई दूत तोकिएको कम्पनीले जनाएको छ ।

मनकामना ग्रुपको प्रमुख उद्योगका रुपमा रहेको जस्मिन पेन्ट्सले आफूले उत्पादन गरेका विभिन्न रंगहरु अबदेखि महले प्रवद्र्वन गर्नेछन् । २०५१ सालमा स्थापना भएको उद्योगले नेपाली मनको नेपाली रंग नाराका साथ आफ्ना उत्पादनलाई बजारमा लगिरहेको प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद अर्यालले जानकारी दिए ।

नेपाल गुणस्तर चिह्न तथा आईएसओ ९००१ः२००० प्राप्त गरेको यो उद्योगले हाल ७ वर्ष वारेन्टी भएको रोयल ग्लेज ब्राण्डको इमुल्सन, होम एण्ड ट्राइम ब्राण्डका लक्जरी इमुल्सन तथा क्वाइटलाई प्रिमियम इनामेल उत्पादन गरिरहेको छ ।
उद्योगले हालसम्म आफ्ना उत्पादनमार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको दावी गरेको छ ।