ढल्केबरको होटलबाट सरकारी कर्मचारी युवतीसहित पक्राऊ

 

राजकमल सिंह
जनकपुरधाम, ३० फागुन, । धनुषा प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै एक जोडीलाई ढल्केबरबाट पक्राउ गरेको छ । पक्राउ परेका पुरुष सरकारी कर्मचारी रहेको प्रहरी स्रोतले जनाएको छ ।Arrested
ब्चचभकतभमढल्केबरको श्रीराम गेष्ट हाउसबाट आइतबार दिउँसो १ बजेतिर यौनजन्य क्रियाकलामा संलग्न जोडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीयहरुको गुनासोको आधारमा प्रहरीले गेष्ट हाउसमा छापा मार्दा उनीहरु पक्राउ परेको जनाइएको छ । पक्राउ परेका युवती र पुरुषको नाम खुलाइएको छैन । उनीहरुमाथि अनुसन्धान भइरहेको धनुषाका डीएसपी नकुल पोख्रेलले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाका ढल्केबरमा प्रहरीकै संलग्नतामा यौनजन्य गतिविधि बढेको स्थानीयको गुनासो छ । यौनजन्य गतिविधि हुने होटल तथा गेष्ट हाउस सञ्चालकलाई पक्राउ नगरी उन्मुक्ति दिएपछि ढल्केबरका अधिकांश होटल तथा गेष्टहाउसहरुमा दिउँसै यौनजन्य क्रियाकलाप बढेको स्थानीयको कथन छ