मिनि ट्रकले ठक्करले भुजेलको मुत्यु

 

चितवन, ३० फागुन । मुग्लिङबाट नारायण तर्फ आउंदै गरेको ग१ख ५६ ८४ नम्बरको मिनि ट्रकले गएराती दाहाखानी स्थित रिद्धिखोलामा ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करपछि घाइते भएका तनहु सिन्केश्वरी गाविस २ का १८ बर्षीय सुनिल भुजेलको उपचारको लागि भरतपुर ल्याउंदै गर्दा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय जुगेडीको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.