बदमासी : रोपिसकेपछि भूकम्पपीडित किसानलाई बल्ल मकैको वीउ

 
गोरखा, ३० फागुन । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्तरी गोरखाका भूकम्पपीडित किसानलाई वितरण गर्न पठाएको मकैको बीउ ढिला गरी गाउँमा पु¥याइएको छ ।

उहिया गाउँका सबै किसानले मकै रोपिसकेपछि दातृ निकायले पठाएको उन्नत् जातको मकैको बीउ गाउँमा पु¥याइएको हो । उहिया–९ का जीतलाल गुरुङका अनुसार खेतमा मकै रोपेको १५÷२० दिन पछि मात्र बीउ पु¥याइएको छ ।

भूकम्प प्रभावित गोरखाका किसानलाई वितरण गर्न एफएओले ४५ टन मकैको बीउ ल्याएको हो । उहियाका प्रत्येक घरधुरीलाई वितरण गर्न ९०० किलो बीउ पठाइएको भए पनि किसानले यसअघि नै मकै रोपिसकेका छन् । उहियाका पाँचसय घरधुरीमा बसोवास गर्दै आएका किसानले मकैखेती गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठले किसानलाई वितरण गर्न पठाएको मकैको बीउ ढिला पुगेको खबर पाएको र सो बीउ फिर्ता ल्याउन निर्देशन दिएको बताउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी एफएओले सो बीउ गाउँ पु¥याएको भहो । जिल्लामा रामपुर कम्पोजिट जातको ३० टन, मनकामना–३ छ टन, देउती चार टन र अरुण–२ पाँच टन बीउ ल्याइएको हो । “बजारमा मकैको बीउ खरिद गर्न नपाएकाले ढिला भएको हो” श्रेष्ठले भने।

ढिला गरी गाउँ आएको मकै के गर्ने भन्दै किसान अलमलमा परेका छन् । कीटनाशक औषधि प्रयोग गरिएकाले उक्त बीउ खान नहुने किसानको भनाइ छ । केराँजा र सिर्दिबास गाविसमा पनि बीउ वितरण गर्ने योजना भए पनि किसानले यसअघि नै मकै रोपिसकेका छन् । जिल्लाको दुई हजार मिटर उँचाइभन्दा माथिका क्षेत्रमा फागुनको दोस्रो सातासम्म मकै रोपिसक्ने चलन छ । यसअघि गहुँको बीउ पनि समयमा वित