रेडियो अर्पण सफलतापूर्वक छैटौ वर्षमा प्रवेश

सुजिता हमाल,
चितवन, २८ फागुन । अरुण सञ्चार सहकारी संस्था लिमिटेडद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४ थोप्लो ५ मेगाहर्ज आजदेखि सफलता पूर्वक छैटौ वर्षमा प्रवेश गरेको छ ।radio arpan वि.सं. २०६७ सालमा प्रसारण सुरु गरेको रेडियोले फागुन २८ गतेदेखि नियमित प्रसारण सुरु गरेको थियो । वार्षिकोत्सव अन्र्तगत रहेर फागुन १६ गतेदेखि विभिन्न कार्यक्रम गदै आएको रेडियोले वार्षिकोत्सव अन्र्तगतका सम्पूर्ण कार्यक्रमहरुको समापन गरेको छ । समापन कार्यक्रममा विभिन्न ९ विधामा योगदान पुर्याउनेहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।
जस अन्र्तगत अर्पण साहित्यकारीता प्रेमी व्यक्तित्व सम्मानतर्फ तिलकराज शर्मा पौडेल,अर्पण पत्रकारीता प्रेमी व्यक्तित्व सम्मानतर्फ राष्ट्रिय समाचार समिति चितवन सम्वाददाता, ए टु जेड समाचार समिति डट कमका प्रधान सम्पादक तथा चितवनका क्रियाशिल पत्रकार नारायण ढुंगाना, अर्पण कलाकारिता सम्मानतर्फ ऋिद्धिचरण श्रेष्ठ, अर्पण स्वास्थ्य प्रेमी व्यक्तित्व सम्मानतर्फ भोजराज अधिकारी,अर्पण युवा पर्यटनप्रेमी व्यक्तित्व सम्मानतर्फ भेषराज दुवाडी,अर्पण शिक्षा प्रेमी व्यक्तित्व सम्मानतर्पm पूर्ण बहादुर बस्नेत,अर्पण कृषी प्रमी व्यक्तित्व सम्मानतर्फ विष्णुहरि पन्त,त्यस्तै रेडियोको नियमित विज्ञापनदाता सुवास पोख्रेल र रेडियोको नियमित श्रोता तथा कलर सुनिता ढकाललाई सम्मान गरिएको हो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेल,सामुदायिक रेडियो प्रसारक संघ अकोराब का किशोरजंग थापा,सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्रचार्य केशव बहादुर थापा,नेपाली कांग्रेस चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ,नेकपा एमाले चितवन जिल्ला अध्यक्ष जगननाथ थपलिया,रत्ननगर नगरपालिका निमित्त कार्यकारी अधिकृत भरत बहादुर थापा,नेपाली कंग्रेस रत्ननगरका नगरसभापति रुपनराज धिमिरे,नेकपा एमाले रत्ननगरका अध्यक्ष प्रवेमनाथ दुवाडी,एकिकृत माओवादी नगर ईन्चार्ज राजु अम्गाई,नेकपा माओवादी नगर ईन्चार्ज हरिकृष्ण खनाल,ईलाका प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक टाँडीका जयराज सापकोटा,उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञान बहादुर बिसुराल, रेवान सौराहका अध्यक्ष लाल बहादुर भट्ट,क्वोष्ट मोडेल कलेजका प्राचार्य जगदिशचन्द्र शर्मा,सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारी,होटल तथा पर्यटन व्यावसायि भेषराज दुवाडी,सिस्नोपानी नेपाल चितवनका अध्यक्ष तिलकराज शर्मा,विशेषज्ञ चिकित्सक डा.भोजराज अधिकारी,केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरि पन्त,अर्पण बचत तथा ऋण सहकारी संस्था लिमेटेडका कोषध्यक्ष मेगनाथ पौडेल लाागतले बोल्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सञ्चार राज्यको चौथो अंङ्ग भएकाले संचार क्षेत्रले समाजमा खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो।

उहाँले रेडियोबाट प्रसारण हुने शैक्षिक,कला,साहित्यक,सांकृतिक,ज्ञानबद्र्धक कुराहरुले समाजमा सचेतना फैलाएको बताउनुभयो । निरक्षर व्यक्तिले पनि सुचना लिनसक्ने संचारको साधन रेडियो भएकाले आफनो विषय र सरोकारको विषयमा सुचना माग्ने हक नागरिकमा रहेको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीले नागरिकको हक दिनु पर्ने र आफनो सुचना पाउने अधिकारप्रति जनता आफै पनि सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संचारकर्मीले सुचनाको हक प्रयोग गरेर प्रात्त गरेको सुचना समाचारको रुपमा प्रसारण प्रकाशन गरे समाचार सत्य तथ्यमा आधारित हुने बताउनुभयो । जनतालाई सत्य, तथ्य र प्रगतिको पथमा अगाडी बढ्न मद्घत पुग्ने सुचना प्रवाह गर्नु नै सञ्चार क्षेत्रको मुलभुमिका रहेको बताउनुभएको थियो । कार्यक्रममा पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमका विताहरुलाई पुरस्कार वितरण गरिनुका साथै विविध राष्ट्रिय तथा स्थानिय कलाकारहरु विमलराज क्षेत्री,गोविन्द अधिकारी,जुना डल्लाकोटी,रन्जु दाहाल,लक्ष्मण चापागाईहरुको बेजोड प्रस्तुति रहेको थियो ।रेडियोका सचिव मोहदत्त पौडेलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम रेडियोका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.