भरतपुरमा सकियो सुशासन परियोजन

IMG_6160चितवन, २८ फागुन । चितवनको भरतपुर उपमहानगरपालिकामा सञ्चालित सुशासन परियोजन सकिएको छ ।
नगरको विपन्न समुदायको जिवनस्तरमा परिर्वतन गर्ने उद्देश्यका साथ सञ्चालित ४ बर्षे परियोजना सकिएको हो ।
नगरको वडा नम्बर ११ र १२ को कालिका, दिपेन्द्र, नौरगें, सिद्धार्थ र कमलामाई टोलका विपन्न समुदायमा खानेपानी, सरसफाई, भौतिक पूर्वधार विकास, समुदायमा नेतृत्व विकास लगायतका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरेको विपन्न सामुदाय टोल विकास सञ्जालका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।IMG_6149
४ बर्षे परियोजनाकै कारण ति ५ वटालाई जिल्लामा नै दोश्रो पटक पूर्ण सरसफाई घोषणा गर्न परियोजनाकै कारण सफलता मिलेको भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले जानकारी दिए ।
परियोजनाबाट सञ्चालित कार्यक्रमले लक्षित सुमदाय ठूलो परिवर्तन देखिएको लुमन्तीका बरिष्ठ व्यवस्थाक महेन्द्र शाक्यले बताए ।
यसैविच एक कार्यक्रम गर्दै लुमन्ती अन्र्तगत ५ वटा टोलमा सञ्चालित सुशासन परियोजनाको सामाजिक लेखाजोखा सार्वजनिक गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको प्रमुख आतिथ्यतामा परियोजना सञ्चालन गर्दा पूर्वधारमा करिब १ करोड खर्च भएको जानकारी दिईयो । भरतपुर उपमहानगरपालिका कार्यकारी अधिकृत महेश बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.