यसरी भरतपुरका ५ वटा विपन्न टोल पूर्ण सरसफाई युक्त टोल घोषण भए

राजेन्द्र आचार्य
चितवन, २८ फागुन । जिल्लाको दोश्रो पूर्ण सरसफाई टोलका रुपमा भरतपुर उपमहानगरपालिकाको ११ र १२ को ५ वटा विपन्न टोललाई घोषणा गरिएको छ । 12822084_1047558758619262_1132003703_n
चितवनमा दुई बर्ष अगाडी सुरु गरिएको अभियान अन्र्तगत लुमन्ती सुशासन परियोजना लागु भएको कालिका, कमलादेवि, दिपेन्द्र, सिद्धार्थ र नौरगें टोललाई पूर्ण सरसफाईमा सूचित भएको प्रमाणपत्र ससांद कृष्णभक्त पोख्रेरलले हस्तान्तरण गरेका थिए । 12804449_1047559348619203_1441132802_nभने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख ई. चक्रपाणी आचार्यले पूर्ण सरसफाईको प्रतिवद्धता बाचन गर्न लगाएका थिए । सो अवसरमा बोल्दै सासंद पोख्रेरलले विपन्न समुदाय मिलेर आफ्नो गाउ. टोललाई आफ्नै तत्वधानमा पूर्ण सरसफाई घोषण गर्नु राष्ट्रका लागि गौरवको विषय भएको बताए । 12721734_1047559131952558_1170654600_n
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख ई. आचार्यले सरसफाईका ६ सूचकलाई आधार मानेर मापदण्ड पुरा भएपछि घोषण गरि सरसफाईलाई स्थायित्व दिनुपर्ने बताए । 12825178_1047559188619219_242427808_n
सो अवसरमा बोल्दै विपन्न समुदाय टोल विकास सञ्जालका अध्यक्ष मान बहादुर गुरुङ्गले पूर्ण सरसफाई युक्त टोललाई सधै सरसफाई युक्त राख्ने बताए । ती टोलमा ५ सय घरधुरी गुरुङ्ग, तामाङ्ग लगायतका जनजाथित समुदायको बाहुल्यता रेका छ । 12835009_1047559078619230_498365032_n
सो अवसरमा ति विपन्न टोललाई सहजीकरण गर्ने लुमन्ती परियोजनालाई सम्मान गरिएको थियो ।
भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले नगरलाई आगामी १ बर्ष भित्र पूर्ण सरसफाई गर्ने तयारी भईरहेको भन्दै पूर्ण सरसफाई नगर बनाउन एकजुट हुन नगरवासीलाई आग्रह गरे । कार्यक्रममा भरतपुर खानेपानी वोर्डका कार्यकारी निर्देशक शालिग्रम पौडेल, लुमन्तीका बरिष्ठ व्यवस्थाक महेन्द्र शाक्यलगायतले बोलेका थिए ।12833282_1047558978619240_1978114800_n

12833248_1047559298619208_290038486_n