मृगौला दिवसमा चितवन मेडिकल कलेजको विविध कार्यक्रम, ल्याबपरिक्षणमा ५० प्रतिशत छुट (तस्वीरसहित)

राजेन्द्र आचार्य /आशिष अधिकारी
चितवन, २७ फागुन । ‘बालबालिकाका र मृगौला रोगको रोकथामको लागि आजै सक्रिय बनौ’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मृगौला दिवस मनाईंएको छ ।12596594_1123006014398701_1885516362_o
मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक वर्षे विश्वभर यो दिवस मनाईदै आएो छ ।
नेपालमा कुनै न कुनै रुपमा ३० लाख नागरिकमा मृगौलासम्बन्धी केही न केही रोग रहेको अनुमान छ । मृगौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।12
उपचार महँगो मानिने मृगौला रोग परीक्षण गर्न १ सय रुपैयाँ पनि नलाग्ने भएकोले बेलैमा परीक्षण गर्न मृगौला विशेषज्ञहरुले जानकारी दिए ।
मृगौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान–मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिए यो रोग बच्न सक्ने चितवन मेडिकल कलेजका बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अरुण सेढाईले जानकारी दिए ।
यसैविच मृगौला दिवसकै अवसरमा चितवन मेडिकल कलेजको आयोजना चितवनमा प्रभातफेरि निकालिएको छ । कलेज शिक्षण अस्पताल परिसरबाट सुरु मेरो मिल्ने साथी, शुद्ध पिउने पानी, स्वास्थ्य जीवन स्वच्छ आहार मृगौलाको उचित स्याहर लगायतका नारासहित प्ले कार्ड बोकेर भरतपुर नगर परिक्रममा गरिएको थियो ।12675104_1123003977732238_1040361716_o

दिवसको उपलक्ष्यमा चितवन मेडिकल कलेजको मेडिसिन विभाग नेफ्रोलोजी यूनिटको संयोजनमा सप्ताहव्यापी कार्यक्रम समेत सम्पन्न गरेको छ । गत २१ गते नर्सि¨ बिषयका विद्यार्थीहरुका बीच पोष्टर प्रतियोगितामा ११ जना छात्राहरुको सहभागीता रहेको थियो । यस्तै २३ गते चितवन उच्च मा वि का ८, ९ र १० कक्षाका विद्यार्थीहरुको पिसाब परिक्षण तथा मिर्गौला रोगको बारेमा शिक्षा प्रदान गर्ने कार्य गरेको थिए ।, जसमा २०० जना भन्दा बढी विद्यार्थीहरुको निःशुल्क पिसाब परीक्षण गरेका थिए । सप्ताह व्यापी कार्यक्रमको समापनको अवसरमा ३०० जना भन्दा बढीको सहभागितामा प्रभात फेरि कार्यक्रम गरिएको थियो ।12837439_1123004911065478_828408199_o

सासंद कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रममा  अस्पताल निर्देशक डा. दयाराम लम्साल र कार्यक्रम संयोजक डा. अरुण सेढाईदे बोलेका थिए । सोही दिन अस्पताल परिसरमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम १ सय बढी विरामीहरुको सहभागी थियो । मिर्गौला रोग विशेषज्ञ डा. अरूण सेढाई र उनको टीमबाट निःशुल्क परामर्श तथा सम्पूर्ण ल्याब परीक्षणमा ५०५ छुटको ब्यबस्था गरिएको अस्पतालले जनाएको छ ।1
सो अवसरमो मिर्गौलाको महत्वको बारेमा जानकारी नहुदा र चेतना अभावले गर्दा बिरामीको संख्या बढीरहेको जानकारी दिईएको थियो ।

चितवन मेडिकल कलेजमा ६० जनाको निुशल्क मृगौलाको डायलेसिस गरिएको अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिए । मिर्गौला फेल भएका बिरामीले पायक पर्ने डायलासिस सेन्टरमा गएर सेवा लिन सक्नेछन् । रोगबाट बच्न उच्च रक्तचाप, मधुमेह, मोटोपनामा ध्यान दिई बढी पानी पिउन, मद्यपान तथा धुमपान नगर्न र दैनिक विहानको समयमा कम्तीमा १५ मिनेट हिडडुल गर्न चिकित्सकले सुझाव दिएका छन् ।

मृगौला दिवसमा डा.अरुण सेढाईका कुरा : 
मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् ।

डा.अरुण सेढाई
डा.अरुण सेढाई

यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
विश्वभरि मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ ।  विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् ।7

नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।
उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन् । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला ‘फेल’ हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ ।5

डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ ।
निदान मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सम्भव हुन्ा सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही लक्षण नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला ‘फेल’ हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ ।
मृगौला बचाउन के गर्नुपर्छ ?
मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ । यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-
१. आफूलाई ‘फिट’ र सक्रिय राखांै । यसबाट उच्च रक्तचाप नियन्त्रणमा आउनुका साथै दीर्घकालीन मृगौला रोगको सम्भावनालाई कम गर्छ ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मृगौलाको रोग लाग्ने हुन्छ । तसर्थ् उहाँहरूले नियमित मृगौलाको परीक्षण गर्नु आवश्यक छ । उच्च रक्तचापको नियमित परीक्षण ।
गरौं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मृगौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं र शरीरको तौल नियन्त्रणमा राखौं । यसबाट मघुमेह, मुटुरोग र मृगौला रोगलगायत अरू रोगबाट बच्न मद्दत पुग्छ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । यति मात्रामै पानी पिउनुपर्छ भन्ने निश्चित नियम नभए पनि करिब १.५ लिटरदेखि २ लिटरसम्म्ा पानी पिउने बानी बसाल्नु उत्तम हुन्छ ।
६. धूमपान नगरौं । धूमपानले मृगौलाको रक्तसञ्चारमा बाधा पुर्‍याई यसको कार्यक्षमतामा कमी ल्याउँछ । धूमपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरांै । जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू मृगौलाका लागि हानिकारक छन् ।
८. यदि तपाईं उच्च जोखिमयुक्त समूह जस्तैः उच्च रक्तचाप र मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू वा मोटोपना भएकाहरू, उमेर ५० नाघेका तथा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोग लागेका व्यक्तिहरूको परिवारका सदस्यमा पर्नुहुन्छ भने आफ्नो मृगौलाको नियमित जाँच गरौं ।

डा.सेढाई  चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन् । 

Leave a Reply

Your email address will not be published.