कुखुरा फर्ममा आगालगीबाट ३ लाखको नोक्सान

 

चितवन, २७ फागुन । पश्चिम मकवानपुरको सरिखेत गाविस ५ मा आगालगीबाट ३ लाख बराबरको क्षति भएको छ । बुधवार साँझ ७ बजेतिर सरिखेत ५ को सानोदेउकोट भनिने गाउमा रहेको कुखुरा फर्ममा आगालगी भएको हो ।

आगलागिमा परि फर्ममा रहेको १ हजारभन्दा बढि कुखुराको चल्ला नष्ट भएको फर्म सञ्चालक मान बहादुर तामाङले जानकारी दिए । आगालगी बाट फर्मको भवनसहित अन्य भौतिक समानहरु समेत पुर्ण रुपमा नष्ट भएको उनले बताए । इलाका प्रहरी कार्यालय मनहरीबाट टाढा रहेका र बिकट क्षेत्र भएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको तामाङले बताए । स्थानिय को प्रयासमा राति अवेर मात्र आगो नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published.