नवलपरासीमा २ अर्बको मल उत्पादन हुदै

दयाराम आचार्य
नवलपरासी,२७ फागुन । नेपाल कृषि प्रधान देशको रुपमा चिनीए पनि कृषि जन्य उत्पादनमा अझै पनि पुर्ण रुपमा आत्म निर्भर बन्न भने सकिरहेको छैन ।IMG_2213
नेपालको ब्यापार घाटामा ठुलो हिस्सा कृषि जन्य वस्तुले पनि ओगटेको छ । आन्तरीक उत्पादन बढाउन नसक्दा आफ्नै लागि आवश्यक पर्ने खाद्ययान्नमा समेत अरु राष्ट्र संग निर्भर बन्न परीरहेको छ । कृषि जन्य बस्तुमा आत्मनिर्भर बन्नको लागि एक मात्र बिकल्प कृषि उत्पादन बढाउनु भएको बिज्ञहरु बताउछन ।
बालिनालिमा रासाईनिक मलको धेरै प्रयोगले गर्दा माटो क्षयीकरण हुदै गएकोले प्रत्यक बर्ष उत्पादकत्वमा कमि आउदै गएको छ । रासाईनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लियपन बढदै जादा एका तर्फ उत्पादनमा कमि आउदै गएको छ भने अर्को तर्फ रासाईनिक मलको प्रयोगलले उत्पादित खाद्ययान्न स्वस्थकर हुन सकिरहेको छैन । जसले मानव स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याईरहेको छ ।
समग्र राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन र बढदो ब्यापार घाटा कम गर्नको लागि कृषि उत्पाद बढाउनु आवश्यक रहेको र त्यसको लागि रासायीनिक मललाई प्रतिस्थापन गरी गोबर मलको प्रयोग बढाउन आवश्यक रहेको जिल्ला पशु सेवा कार्यलय नवलपरासीका बरिष्ठ पशु बिकाश अधिकृत शंकर शाहा बताउनु हुन्छ ।
अधिकृत शाहाका अनुसार नवलपरासी जिल्लामा रासाईक मल प्रतिस्थाप गरी गोबर मलको प्रयोग बढाउन पशुसेवा कार्यलयले पहल समेत गरीरहेको छ । जस अन्र्तगत कार्यलयले एक अनुशन्धान गरी गोवर मलको जिल्लामा बार्षिक उत्पादन कति हुने गरेको छ भन्ने तथ्याङ्क समेत निकालेको छ ।
उहाका अनुसार नवलपरासीमा बार्षिक रुपमा २ अर्ब रुपैया बराबरकोे गोबर मल उत्पादन हुने गरेको छ । जिल्ला भर रहेका पशुहरुको संख्यालाई आधार मानेर यो तथ्याङ्क निकालिएको हो ।
जिल्ला भर रहेका ६ लाख बढि चौपाया र ३ लाख बढि पंक्षि बाट उत्पादिन मल गरी २ अर्ब रुपैया बराबरकोे बार्षिक मल उत्पादन हुनेगरेको छ ।
३ लाख गाई÷भैसी, ३ लाख बाख्रा, ५० हजार बंगुर र ३ लाख कुखुरा बाट सो परीमाणको मल उत्पादन हुदै आएको हो ।
एउटा पशुले दैनिक रुपमा १५ देखि २० केजि मल दिने र बार्षिक रुपमा २ ट्रलि मल दिने शाहाले बताउनु भयो । एक ट्रलि मलको बजार हेरी ३ हजार देखि ६ हजार सम्म पर्ने गरेको उहाको भनाई रहेको छ ।

उत्पादित मल जिल्ला भित्रै खपत हुदै आएको छ ।
राज्यको सहि निति र ध्यान राम्रो संग पुग्न नसक्दा उत्पादनमा कमि हुदै आएको र कृषिबाट लाभ लिन नसकेको उहाले बताउनु भयो ।
एका तर्फ उत्पादन हुने खेति योग्य जमिन साधुरीदै गएको र रासाईनिक मलको प्रयोगले उत्पादनमा पनि कमि आउदै गएकोमा गोबर मलको प्रयोग बढाउन र रासाईनिक मलको प्रयोगमा निरुत्साहित गराउने खालको कार्यक्रम आवश्यक भएको उहाको भनाई रहेको छ ।
“राष्ट्रियताको सवालमा धेरै कुरा उठि रहन्छन , ब्यापार घाटा प्रति बर्ष बढदै गएको छ ,आयता प्रतिस्थापन गरी कृषि उत्पादन बढाउन तर्फ लाग्नको लागि गोबर मलको प्रयोग बढाउन आवश्यक छ ” शाहाले भन्नु भयो ।
“सानो बिषय मान्छन गोबर मलको बिषयलाई ,तर यो राष्ट्र आत्मनिर्भर र मानिसको स्वस्थ्य सगं प्रत्यक्ष सम्बन्ध राख्छ, उत्पादन नबढे मुलुक कसरी संवृद बन्छ , त्यसैले सानो बिषय होईन ” शाहाले भन्नु भयो ।
रासाईनिकमलको बढि प्रयोगले माटो बिग्रीदै गएको छ, खाद्ययान्नमा बिषादिको मात्रा बढिरहेको छ, वातावरणमा उस्तै प्रभाव पार्दै गएको छ, यसका लागि पनि पशु मल उत्पाद बढाउन नितान्त आवश्यक रहेको शाहाको भनाई रहेको छ ।

शाहाका अनुसार जिल्ला पशुसेवा कार्यलयले गोबर मलको उत्पादन बढाउन गोबरग्यासलाई प्राथमिकता दिएको , पशुपालन किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको र आगामि दिनमा पनि यस सम्बन्धि उचित रणनिति नीर्माण गरेर अगाडि बढ्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.