क्यान्सरको उपचार गराउने बढे

राजेन्द्र आचार्य
चितवन, २७ फागुन । विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा लिने विरामीको संख्या बर्षेनी बढ्दै गएको छ । Cancer Hospital 2072बर्ष २०११ मा ९० हजार २ सय विरामीले क्यान्सर अस्पतालबाट सेवा लिएकोमा बर्ष २०१२ मा यो संख्या बढेर ९४ हजार ७ सय ८८ पुगेको अस्पतालले जनाएको छ । यसमा क्यान्सरका भने ६ हजार विरामी उपचारका लागि अस्पताल आएको कार्यकारी निर्देशक सिवि पुनले जानकारी दिए ।
अस्पतालको गुणस्तरिय सेवामा चौतर्फि आलोचना भैरहेका बेला, उपचारका लागि अस्पताल आउने विरामीको संख्या भने बढ्दै गएको छ । अस्पतालको आम्दानी भन्दा पनि खर्च बढि भएकाले अपेक्षा कृति सेवा दिन नसकिएको अस्पतालको भनाई रहेको छ । अस्पतालको कुल आम्दानी ४३ करोड ५४ लाख रहेको र खर्च ७२ करोड ६६ लाख २८ हजार रहेको अस्पतालको भनाई रहेको छ ।
स्रोत–साधन अपुग
क्यान्सरका धेरै विरामी रोग अन्तिम चरणमा पुगेपछि अस्पताल पुग्ने गरेको अस्पतालमा आधारित राष्टिय क्यान्सर तथ्याङ्गकले देखाएको छ । विरामीको तुलनामा पुरानै संचरना हुदां स्रोत साधन अभावले उल्लेख सेवा दिन नसकेको चिकित्सकहरु बताउछन् ।
गएको १० वर्षमा क्यान्सरको उपचारका निम्ति अस्पताल पुग्ने बिरामीको संख्या १९ गुणाभन्दा धेरै बढेको अस्पतालका आँकडाहरुले देखाएको छ ।
चितवन भरतपुरमा रहेको क्यान्सर अस्पतालका डा. कृष्णसागर शर्माले सन् २००३ मा यहां उपचार गर्न आएका १ हजार ८ सय ६९ रहेको दश पछि सन् २०१२ मा आउदा बढेर २७ हजार १ सय ७४ जना बताउदै यो हेर्दा नेपालमा पनि क्यान्सरका विरामीहरुको संख्या निकै बढेको बताउछन् । उनका अनुसनर बच्चामा देखिने कयान्सरका विरामीहरु समेत उपचार गर्न समयमै आउने गरेको बताए ।