औद्योगिक ब्यापार मेलामासातौें दिन ३ करोड ४७ लाख बढी कारोबार

चितवन, २६ फागुन । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सातौें दिन आज बुधबार ३ करोड ४७ लाख २७ हजारको कारोबार भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले जानकारी दिए। 8
सातौंदिन बुधबार ४१ हजार ९ सय २० जना दर्शकले मेला अवलोकन गरेको उनले बताए ।
चर्चित राष्ट्रिय हास्यकलाकारद्वय मुला साग र जोगिन्दर पानवालाको बेजोड हास्यव्यङ्ग्यले दर्शकहरु पेट मिचिमिचि हँसाएका थिए । त्यस्तै राष्ट्रिय गायकगायिका मञ्जु पौडेल, घमेश दुलाल, नवराज घोरासैनी, इन्दिरा गुरुङ, मन्जिता केसी, शिव हमाल र सावित्री जोशीको दोहोरीले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।
त्यसैगरी स्थानीय कलाकारहरु फिउजन डान्स सेन्टर, कलिउड डान्स सेन्टर, तलेजु डान्स सेन्टर र श्रृजना कलाकेन्द्रका कलाकारहरुले दुई÷दुई वटा नृत्य प्रस्तुत गरेका थिए भने सृजना लामाले गीत गाएर दर्शक मत्रमुग्ध बनाएकी थिइन् ।
त्यस्तै परि खत्री, लिसन लामा, एन्जल उपे्रती, पल्लभी घिमिरे, सुजन पौडेल, प्रितिका तिमल्सिना, सन्नु रिजाल, सिजल उप्रेती र दिपिका शर्माले नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मेलामा हेटौंडा अस्पतालले ६३ जनालाई निःशुल्क सेवा दिएको छ । ९ जनाको प्राथमिक उपचार, ३४ जनाको ब्लडप्रेसर र २० जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी अहेव बिमला केसीले बताउनुभयो । त्यस्तै चुरेहिल अस्पताल प्रालि, युनियन ड्रग हाउस र नेपाल रेडक्र सोसाईटी साधारण चेकअप, औषधी वितरण र ब्लडप्रेसर चेकजाँच गरेको छ । जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको छ । मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताए ।
हेलिकप्टरमा २ सय ६० जनाले घुमेर मनोरञ्जन लिएको हेलिकप्टर संयोजक उज्ज्वल चौलागाईले बताए । चौलागाईका अनुसार हेलिकप्टर कम्पनीको पोखरामा आफ्नै विशेष कार्यक्रमका कारण आज बुधबारै फर्किएको हेलिकप्टर संयोजक चौलागाईले जानकारी दिए ।
मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्यमी, घरेलु, रेडिमेड, बैकिंङ सेवा, आइस्क्रिम, का साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको छ भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला २० गतेबाट ३० गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published.