सेवाग्राहीको काम सहज पार्दै जिल्ला अदालत

करुणा देवकोटा
चितवन, २६ फागुन । जिल्ला अदालत चितवनले सेवाग्राहीहरुलाई भौतिक सुविधाहरु प्रदान गर्ने उद्देश्यले व्यवस्थापनको कामलाई तिव्रता दिएको छ । Jilla adalataकार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको समस्यालाई मध्येजनर गर्दै विभिन्न सेवा सुविधाहरु सञ्चालनमा ल्याइएको हो ।
कार्यालयले अहिले काउन्टर प्रणालीलाई झ्यालबाट सेवा प्रदान गर्ने सञ्चालन गरिरहेको छ । फिराद पत्र लिएर आएका सेवाग्राहीहरुलाई पहिले भित्रैबाट सेवा प्रदान गर्दा भिडभाड र असहज भएसँगै बाहिरैबाट दर्ता गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, मुद्दाको प्रकृति अनुसार सम्बन्धित न्यायाधीशको फाँटमा गएर काम गर्ने व्यवस्था पनि कार्यालयले सञ्चालनमा ल्याएको छ । कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद बरालका अनुसार फैसला कार्यान्वयनको काम पनि झ्यालबाट नै सुरु गर्दा सेवाग्राहीलाई थप सहज भएको छ । चिठ्ठी बुझी, दर्ता, चलानीलगायतका कामहरुमा सहज व्यवस्थापन मिलाएको कार्यालयले विशेष परामर्श केन्द्रको पनि व्यवस्था गरेको छ ।
यस केन्द्रले सेवाग्राहीहरुलाई अदालतले दिँदै आएको सेवा सुविधाहरुको विषयमा जानकारी गराउने तथा सेवाग्राहीहरुबाट थप सुझावहरु सङ्कलन गर्ने गर्दछ । आलोपालो प्रणालीमा कर्मचारीहरुको व्यवस्था गरी परामर्शको कामलाई कार्यलयले तिव्रता दिएको हो । कार्यालयले अदालतमा चालु रहेका मुद्दामा मेलमिलाप हुन उपयुक्त देखिएका मुद्दालाई मेलमिलापमा पठाउने व्यवस्था गरी मेलमिलाप चौतारीको पनि स्थापना गरेको छ ।
चौतारीमा मेलमिलापको कामहरु सञ्चालन हुने गरेका छन् । थुनुवा कैदीबन्दीहरुको लागि छुट्टै प्रतीक्षालयको निर्माण गरी कार्यालयले सहजता प्रदान गरेको छ । यसैगरी कुन मुद्दा चलिरहेको छ, कुन फैसला भयो, लगायतका विषयहरुमा जानकारी प्रदान गर्न डिजिटल डिस्प्ले बोर्डको व्यवस्था कार्यालयले गरेको कार्यालयका सूचना अधिकारी बरालले जानकारी दिए ।
बरालका अनुसार जिल्ला अदालतमा डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याएको एक महिना भएको छ । यस अवधिमा सेवाग्राहीहरुबाट सकारात्मक प्रतिकृया आएको अदालतले जनाएको छ । कार्यालयले प्रदान गने सेवालाई थप प्रभावकारी बनाउन थप सेवाहरु विस्तार गर्ने तयारीका साथ कामलाई तिव्रता दिइरहेको छ । कार्यालय वरपरको वातावरणलाई राम्रो बनाउन अहिले फूलबारीलाई व्यवस्थित गर्ने काम सुरु गरिरहेको बरालले जानकारी दिए ।
बरालका अनुसार कार्यालयमा डिजिटल हाजिरीको व्यवस्था भइसकेको छ भने अदालत हाताभित्र सिसि क्यामेरा जडान गर्ने तयारी समेत भइरहेको छ । ६५ देखि ७० लाख रुपैयाँको बजेटमा तीन वटा इजलासको लागि ‘प्रिफेक’ भवन निर्माणको काम पनि छिट्टै तयार गर्ने गरी कार्यालयले काम अगाडि बढाएको छ । यसका लागि टेण्डरको आह्वान गर्ने तयारी भएको बरालले जानकारी दिए । त्यसैगरी कार्यालयबाट प्रदान हुने विभिन्न सेवा सुविधाहरुमा कुनै समस्या नपरोस् भनी सौर्य उर्जा जडानको कामलाई पनि कार्यालयले अगाडि छ ।

Leave a Reply

Your email address will not be published.