नेपाल पुलिस क्लब फाइनलमा

चितवन, २५ फागुन । विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा सञ्चालन भइरहेको पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।1 भरखरै सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो सेट गुमाएको पुलिसले प्रतिस्पर्धात्मक चौथो सेट २६–२४ ले जित्दै उपाधि भीडन्त पक्का गरेको हो । तेस्रो सेट एपीएफले २५–१६ ले जितेको थियो ।
अब पुलिसले उपाधिका लागि भोलि वुधबार भारतको बीएमडब्लु र बंगलादेशको डब्लुडीबीबीचको विजेतासँग भिड्नेछ । दोस्रो सेमीफाइनल खेल अब केहीबेरमा सुरु हुनेछ ।
सेमीफाइनल हारेको एपीएफले दोस्रो सेमीफाइनल हार्ने टिमसँग भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको फाइनल जित्नेले डेढ लाख पाउनेछ । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने आयोजक पद्मोदय युवा क्लबका प्रवक्ता विकास कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.