विद्यालयस्तरीय राष्ट्रिय फुटबलमा चितवनसहित ४ समुह सेमिफाईनलमा (तस्वीरसहित)

चितवन, २४ फागुन । चितवनमा मंगलबारदेखि अन्र्तविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । 1468980_1045953365446468_1777080950_o
प्रतियोगिताको एक भव्य समारोहका विच नेपाल विद्यालय फुटबल संघका केन्द्रिय महासचिव आरवी कटुवालले उद्धघाटन गरेका थिए । 12809834_1045953108779827_525517992_o
सो अवसरमा बोल्दै कटुवालले फुटबलको विकास गर्न विद्यालय फुटबल महत्वपूर्ण हुने बताए । उनले राष्ट्रिय खेलाडी जग ने विद्यालय भएको विद्यालय फुटबलको विकासका लागि सबै मिलेर नयां रणनिति ल्याउनुपर्नेमा जोड दिए ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा जिल्ला र क्षेत्रस्तरबाट छानिएका कञ्नचनपुर, रुपन्दही, कास्की, चितवन, गोर्खा, सिन्धुपाल्चोक, मोरङ्ग, र तेह्रथुम जिल्लाका गरी ८ टिम विद्यालयका टिमहरु सहभागी भएका छन् । 12837336_1045953152113156_460823625_o
प्रतियोगिताको पलिो दिन ४ वटा टिम सेमिफाईनलका लागि प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा मोरङ्ग र सिन्धुपाल्चोक प्रतियोगितामा नआएपछि तेह्रथुमको अरेनिको ईग्लिस बोडिङ्ग म्याग्लुङ्ग र कञ्चनपुरको माईल स्टोन उच्च मावि जनकी टोल बाक ओभर पाई सिधै सेमिफाईनलमा प्रवेश गरेको नेपाल विद्यालय फुटबल संघ चितवन शाखाका अध्यक्ष धनप्रसाद रेग्मीले जानकारी दिए ।
भने पहिलो खेलमा गोर्खाको सरस्वती उच्च माविलाई ० का विरुद्ध ४ गोल गर्दै रुपन्दहीको स्कोलर्स होम विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । भने दोश्रो खेलमा कास्कीको अमरसिहं उच्च माविलाई १ का विरुद्ध ३ गोल गर्दै चितवनको एसओएस हर्मन माईनर स्कुल सेमिफाईनलमा प्रवेश गरेका नेपाल विद्यालय फुटबल संघ चितवन शाखाका अध्यक्ष धनप्रसाद रेग्मीले जानकारी दिए ।11659919_1045953122113159_286792247_o
नेपाल विद्यालय फुटबल संघको आयोजना र संघको चितवन शाखाको आतिथ्यमा जुनियर प्रहरी तालिम एकेडेमी भरतपुरको खेल मैदानमा दुई दिनसम्म फुटबल प्रतियोगिता चल्नेछ ।