मम्मि डान्सिङ्गमा कृष्ण प्रथम

विनोद श्रेष्ठ
देवदह, फागुन २५ । दोश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७२ अन्तर्गत मम्मि डान्सिङ्ग स्टार प्रतियोगिता आज सम्पन्न भएको छ ।12784448_479394075577914_1074234184_n प्रतियोगितामा कृष्ण गुरुङ्ग प्रथम, मिना गुरुङ्ग द्धितीय र सुमन कार्की तृतिय भएका छन । आमाहरुमा रहेका प्रतिभालाई उजागर गरि उनीहरुलाई समाजमा परिचित गराउने उद्धेश्यले मम्मि डान्सिङ्ग स्टारको आयोजना गरिएको आयोजकले जनाएको छ । नारीहरुलाई सम्मान गर्दै आज अन्र्तराष्ट्रिय दिवसको अवसरमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा नृत्य प्रशिक्षक रजनी श्रेष्ठ, न्यू सत्य साई कला केन्द्रका नृत्य प्रशिक्षक सुन्दर गुरुङ्ग र मिलन कला केन्द्रका नृत्य प्रशिक्षक मिना बुढाथोकिले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन यम रानाले गर्नु भएको थियो ।

त्यस्तै गरि देवदह डान्सिङ्ग आईडलको आजको राउण्डबाट २ जना बाहिरीएका छन । बाहिरीनेहरुमा आकाश थापा र लक्ष्मी क्षेत्री रहेका छन भने आजको बेस्ट डान्सिङ्ग अफ द डे पुजा सापकोटा भएकी छन । महोत्सवको आज सातौ दिनमा अन्य दिनमा भन्दा दर्शकहरुको घुईचो बढेको थियो । मेलामा हात्ति सफारी गर्न पाईनुका साथ साथै राजस्थानबाट ल्याईएको उट हेर्ने दर्शकहरुको घुईचो लागेको छ ।

देवदहमा उद्योग व्यापार विस्तार गरौ, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, कृषि एवम पर्यटकीय नगरकीको रुपमा परिचित गराउ भन्ने मूल नारा सहित उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन १८ गते देखि शुरु भएको दोश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७२ यहि फागुन २९ गते सम्म चल्ने छ ।

महोत्सवमा आज राष्ट्रिय कलाकार हेमन्त शर्मा, प्रचण्ड जिसी, सरिता पन्थी, बालकलाकार अनुभव अर्याल लगायतको प्रस्तुती रहेको थियो । भोलि राष्ट्रिय कलाकारहरुमा हाँस्य कलाकार मनोज गजुरेल, आधुनिक गायक राज सिग्देल, तेजु अर्याल, लोक गायक देवी घर्ति, बैकुण्ठ महत लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published.