प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-भारत सम्बन्ध अझै प्रगाढः राजदूत राय

 

राजेन्द्र आचार्य
चितवन २५ फागुन। नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले नेपालका प्रधानमन्त्री केपी ओलीले गरेको भारतको राजकीय भ्रमणले नेपाल भारत सम्बन्ध अझै प्रगाढ बनेको दावी गरेका छन् ।12788205_1045906475451157_1699943601_n आपूर्ति हुँदा पनि इन्धन लगायतका सामाग्री अझै सहज नहुनुमा नेपाल सरकारले छानविन गर्नुपर्ने उनले बताए ।12822209_1045906565451148_1296928894_n
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा तथा नेपाल भारत महिला मैत्री संगठनको तेस्रो वार्षिक उत्सवमा मंगलबार चितवनमा आयोजित कार्यक्रममा रायले प्रधानमन्त्री आलीको भारत भ्रमण सफल रहेको बताए ।12804224_1045906522117819_1007192291_n

उनले भने, ‘नेपाल र भारतको सम्बन्ध समय समयमा अप्ठेरो परिस्थितिमा आइरहन्छन् । त्यसलाई आपसी वार्ता र सहमतिबाट समाधन गर्न सकिन्छ ।’
कार्यक्रममा मन्तव्य राख्दै राजदूत रायले भने, ‘नेपालको बिकासका लागि भारतीय बिकासको अवधारणा अनुसरण गर्नुपर्छ । यो भन्दा पनि मुख्य कुरो शिक्षा आर्थिक बिकासको मेरुदण्ढ हो, त्यसैले आर्थिक बिकासका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’1964405_1045906462117825_1283604908_n
अर्को प्रसंगमा उनले भनेका छन्, ‘मधेसी पार्टीहरुले आन्दोलन फिर्ता लिएसंगै भारतले आपूर्ति सुचारु गरेको छ । पहिलेकै अवस्थामा आपूर्ति हुँदा पनि इन्धन लगायतका सामाग्री अझै सहज नहुनुमा नेपाल सरकारले छानविन गर्नुपर्छ ।’ समाजकी अध्यक्ष चन्दा चौधरी अध्यक्षतामा सम्पन्न कार्यक्रममा सासंद विक्रम पाण्डे, सासंद कृष्णभक्त पोख्रेरल, वीरगञ्ज माहाबाणिज्य प्रमुख अञ्जु रञ्जन, कतारका लागि पूर्व राजदूत माया शर्मा, मलिा नेतृ पार्वती रावल लगायतले बालेका थिए ।