पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस भिड्दै

चितवन,२५ फागुन । चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लव भिड्दै छन् । दुइ टिम विचको पहिलो खेल जारी छ । विजयी हुने टिम भोलि हुने फाइनल खेलमा सहभागी हुनेछ ।1
त्यस्तै आज नै वेलुकी ४ वजे दोस्रो सेमिफाइनल खेल वीएमडब्लु भारत र वाटर रिर्सोस वंगलादेशबीच हुने खेलका प्रवत्ता विकास कार्कीले जानकारी दिए ।

प्रतियोगिताको फाइनल भोलि १२ बजे हुने आयोजकले जनाएको छ । समुह चरणको खेलबाट भुटान, नेपाल आर्मी बाहिरीसकेको छ ।