बोष्टनको विविए, विविएविआईका १ सय ११ जना विद्यार्थी दक्षित (तस्वीरसहित)

चितवन, २५ फागुन । व्यवस्थापन संकायमा मोफसलमा नयां शिक्षण सिकाई अपनाउदै आएको बोष्टन ईन्टरनेशनल कलेजले आफ्नो तेश्रो व्याचका १ सय ११ जना विद्यार्थीहरुलाई दक्षित गराएको छ ।
उत्कृष्ट नतिजा दिदै आएको कलेजले व्यवस्थापन संकायको विविए, विविएविआईको तेश्रो व्याचमा उत्तिर्ण १ सय ११ जना विद्यार्थीहरुलाई पर्यटकीय नगरी सौराहामा एक भव्य समारोहका विच दिक्षित गराएको हो ।
सो अवसरमा व्यवसायिक तथा व्यवहारिक शिक्षाका लागि गर्दै सिक्दै शिक्षण पद्धतीबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि कसरी गर्ने, कस्ता विषय वस्तु समावेश गर्ने, कस्तो केस स्टडी गर्दा सिकाई उपयोगी हुन्छ भन्ने विषयमा उत्कृष्ट अध्यापन गराएकै कारण आफुहरु सफल हुने सकेको विद्यार्थीहरुले बताए ।
समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह र उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम सहित कलेजका अध्यक्ष तथा प्रचार्य आनन्द बहादुर चन्दले संयुक्त रुपमा विद्यार्थीहरुलाई दक्षित गराएका थिए ।
कलेजका निर्देशक राजु लामाले स्वागत मन्तव्य व्यक्त गरेको दक्षित समारोहमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका डिआईजी रणबहादुर चन्द, उवासंघ चितवनका उपाध्यक्ष विष्णुप्रसाद कडेंल अभिभावक मुकुन्द दाहाल, विद्याथीहरु सुरज आचार्य र लुना काफ्ले, कलेजका कार्यक्रम संयोजक मोहित सिंह ठगुन्ना, कलेजका सिएसआर प्रमुख मातृका पौडेल लागतयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।