शल्य चिकित्सकहरुको सम्मेलन सकियो

राजेन्द्र आचार्य
नारायणगढ, २५ फागुन । चितवनको भरतपुरमा सञ्चालन भएको शल्य चिकित्सकहरुको दशौँ राष्ट्रिय सम्मेलन सकिएको छ । 2222222222222
सम्मेलनको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले गरेका थिए ।

राष्ट्रिय सम्मेलनका अवसरमा देशभरीका करिब दुई सय ५० जना शल्य चिकित्सक डाक्टर तथा शल्य चिकित्सक पढ्दै गरेका डाक्टरहरुको सहभागिता रहेको थियो । शुक्रबार र शनिबार गरि विभिन्न २० जना शल्य चिकित्सकहरुले ६० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत गर्दै छलफलमा ल्याएका थिए ।
सम्मेलनका अवसरमा शल्य चिकित्सक समाज नेपालका महासचिव डाक्टर रविन जोशीले आफूहरुले अन्तराष्ट्रिय सम्मेलनको तयारी गरेको जानकारी दिए । आगामी डिसेम्बरको २३ र २४ गते काठमाडौँमा हुने अन्तराष्ट्रिय सम्मेलनका क्रममा नेपालमा सर्जरी डाक्टरहरु सर्जन क्षेत्रमा सक्षम भएको देखाउने जोशीले बताए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले डाक्टरहरु बिरामीको रक्षक बन्नुपर्नेमा जोड दिए । आफूले जानेका विषयलाई डाक्टरहरुले व्यवहारमा उतार्नुपर्ने सिंहले बताए ।

पछिल्लो समय प्रविधिले निकै नै फड्को मारेका कारण प्रविधिसँग नजिकिनु डाक्टरको दायित्व र जिम्मेवारी भएकोमा सिंहले जोड दिए । उपचारका क्रममा बिरामीको मृत्यु भएमा त्यसको जिम्मेवार डाक्टरले लिनु नपर्ने कानुनमा उल्लेख गरिएकाले त्यस बारेमा शीघ्र जिल्ला प्रशासनमा खबर गर्नुपर्ने सिंहले बताए ।
उपचारका क्रममा बिरामीको मृत्यु भएमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराएमा मानवीय तथा भौतिक संरचनाको सुरक्षा प्रदान गर्न आफूहरु तयार भएको सिंहले बताए ।

पछिल्लो समयमा चितवनमा एनेस्थेसियाका डाक्टरहरु कम भएकाले यसको पूर्ति गर्दै बिहोस गरेर उपचार गर्नुपर्ने बिरामीलाई एनेस्थेसिया डाक्टरले नै बिहोस गराउनुपर्ने अन्यथा डाक्टरहरुको गल्ती ठहरिने सिंहको भनाइ थियो । शैक्षिक कार्यक्रम गुणस्तरीय गर्नको लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको आयोजक कमिटीका सदस्यसचिव प्रज्ञान ख्वाउँजूले बताए ।
सम्मेलनका क्रममा पूराना अनुभवी सर्जन डाक्टरहरुको अनुभव आदानप्रदान गर्दैै छलफल समेत गरिएको थियो । सोसाइटी अफ सर्जन अफ नेपालका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा सम्मेलन आयोजक कमिटीका तर्फबाट चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर हरिशचन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.