बिद्यालयमा प्याडको ब्यवस्था नहुदा छात्राहरुको पढाई प्रभावित

 

दयाराम आचार्य

नवलपरासी,फागुन २४ । महिनावारी हुदा बिद्यालयमा सेनेटरी प्याडको ब्यवस्था नहुदा छात्राहरुलाई अध्यनमा समस्या हुने गरेको एक कार्यक्रमका सहभागिले बताएका छन ।download
बिद्यालयमा प्याडको ब्यवस्था नहुदा महिनावारी भएको समयमा छात्राहरुले कक्षा कोठा छाडनुपर्ने अवस्था आउने गरेको जसले गर्दा छात्राहरुको पढाईमा समेत नकारात्मक असर पुर्याई रहेको नवलपरासीको प्रसौनि ५ मा भएको बिद्यालयमा किशोरीहरुको समस्या बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने सहभागि किशोरीहरुले बताएका हुन ।
यस्तै कतिपय बिद्यालयमा छात्रा मैत्रि शौचालय नहुनेगरेको साथै बिद्यालयका सहपाठि देखि शिक्षकबाट समेत र्दुव्यवहार हुनेगरेको किशोरी छात्राहरुले बताएका छन ।
भोलि परेको १०६औं नारी दिवशको सम्दर्भ पारेर सगरमाथा बाल क्लब प्रसौनिको आयोजनामा बिद्यालयमा छात्राहरुले भोग्दै आएका समस्या कस्ता रहेका छन र यसको पहिचान गरी सरोकारवाल समक्ष समस्या समाधानको लागि पहल गर्ने उधेश्यले कार्यक्रमको आयोजना गरीएको थियो ।

सगरमाथा बाल क्लबका कार्यबाहक अध्यक्ष अभिषेक पाण्डेको अध्यक्षतामा तथा प्रसौनि बाल संजालका अध्यक्ष खिमानन्द देवकोटाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा शिक्षिका पार्वती वस्याल,शान्ति पाण्डे, प्रसौनिका बिभिन्न बिद्यालयका छात्रा ,स्थानिय किशोरीहरु लगाएत गरी ७० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.