बृहत भजन महोत्सवमा संयुक्त नारी समाज गुञ्जनगर प्रथम

 

चितवन, २४ फागुन । महाकालेश्वर शिव मन्दिर, कालिका एफ एम र टिभि कालिकाको संयुक्त आयोजनामा गरिएको बृहत भजन महोत्सवमा संयुक्त नारी समाज गुञ्जनगर प्रथम भएको छ ।

यस्तै, दिपज्योति आमा समूह भरतपुर द्धितीय र ओम जय श्री गणेश मन्दिर कृष्णपुर तृतीया भएका छन् भने भूवनेश्वर सांस्कृतिक समूह चैनपुर सानन्त्वना भए । विजयी टोलीहरुलाई चितवन क्षेत्र नम्वर ५ का संसद तथा आयोजक तिनवटै संस्थाका अध्यक्ष विक्रम पाण्डेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । साथै संसद पाण्डेले धर्म संस्कृति जोगाउनका लागि खुलेर लाग्नु पर्ने बताउदै केहि समय पहिले हिन्दुधर्मको मान्नेले मन्दिरमा टिका लगाउने र बाहिर आएर पुछ्ने प्रविद्धि रहेकोले त्यस्तो नर्गन सवै हिन्दुहरुलाई आग्रह गर्नु भयो । स्थापना कालदेखी नै धर्म सस्कृतिको जर्गेना गर्दै आएको कालिका एफ एमले यस बर्ष पनि महाकालेश्वर शिवमन्दिर र टिभि कालिकासँग संयुक्त बृहत भजन महोत्सव आयोजना गरेको हो । प्रमुख अतिथि महेस संस्कृत गुरुकुलका डा गुरु प्रसाद सुवेदिले दिप प्रज्वलन गरी महोत्सवको उद्घाटन गर्नुभयो ।
महोत्सवमा प्रहरी उपरिक्षक बसन्त बहादुर कुवँर, शसस्त्र प्रहरी सिमा सुरक्षा बल आँपटारी चितवनका प्रहरीउपरीक्षक विदुर खड्काको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै जिल्ला ट्राफिक कार्यालय प्रमुख राजन भेटवाल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, नेपाल राष्ट्रीय मारवाडी परिषदका केन्द्रीय उपाध्यक्ष उमाशंकर अग्रवाल, युवा ब्यबसायी मञ्च चितवनका अध्यक्ष निर्देश सेढाई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले धर्म संस्कृतिको जगेर्नामा सवैजना लाग्नुपर्नेमा जोड दिएका थिए । महोत्सवमा कालिका एफएमकी स्टेशन म्यानेजर रिना गुरुङ्गको अध्यक्षतामा रहेको थियो ।
चितवन र नवलपरासी सहित आसपासका जिल्लाका १२ प्रतियोगि र अन्य अप्रतियोगि टोलीको सहभागीता रहेको थियो । प्रतियोगीता अघि महाकालेश्वर शिव मन्दिरबाट शोभा यात्रा समेत आयोजना गरिएको थियो । महाकालेश्वर शिव मन्दिरबाट सुरु भएको ¥यालीले विशाल चोक, जिल्ला प्रशासन कार्यालय , हाकिम चोक , पुल्चोक, पोखरा वसपार्क, क्षेत्रपुर, हुँदै महाकालेश्वर मन्दिरमा आएर टुङगिएको हो । महोत्सवको कालिका एफ एम र टिभि कालिकाबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.