भारतको जित, आर्मी पहिलो चरणबाट बाहिरियो

 

भरतपुर,२४ फागुन । चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गतवर्षको उपविजेता नेपाल आर्मी क्लब पहिलो चरणबाटै बाहिरिएको छ ।1 दोस्रो दिनको पहिलो खेलमा भारतसँग ३–१ ले पराजित हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको हो ।
पहिलो खेलमा एपीएफसँग ३–१ ले हारेको आर्मीले दोस्रो खेलमा पनि आफूलाई सुधार्न सकेन । भारतको बीएमडब्लु क्लबलाई पहिलो सेटमा २५–२० ले पछि पारेपनि त्यसपछिका तीनै सेट गुमाएपछि आर्मी पहिलो चरणबाटै बाहिरिएको हो ।
भारतले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ को सेटमा विजय हात पा¥यो । समूह ‘बी’ मा रहेको भारतले आजै एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेल बाँकी भएपनि एपीएफ र बीएमडब्लु दुवै दोस्रो चरण प्रवेश गरिसकेका छन् । त्यसकारण अन्तिम खेल समूह विजेताको टुंगो लगाउनका लागि महत्वपूर्ण छ ।
समूह ‘ए’ को खेलमा अहिले साम्ची स्पोर्टस क्लब भुटान र डब्लुडीबी बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् । बंगलादेश हिजोको खेलमा पराजित भएको थियो भने भुटान पहिलो खेल खेल्दैछ । आजै भुटान र नेपाल प्रहरीले पनि खेल्नेछन् । नेपाल प्रहरी पनि एक खेल जितिसकेको टिम हो ।