पद्मोदय अन्तर्राष्ट्रिय भलिबल सुरु

भरतपुर, २३ फागुन । पटिहानीमा आजबाट पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । PURARSKARप्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले खेलकुदले राष्ट्रको पहिचान अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्ने बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले भलिबल संघले गाउँस्तरमा पनि खेलकुदको समान विकास गर्नका लागि यो प्रतियोगिताको संयोजन गरेको बताए । उनले आगामी वर्ष राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्न आयोजकसामू प्रस्ताव गरे ।
उद्घाटन कार्यक्रममा प्रतियोगिता गर्न ७ लाख नगद सहयोग गर्ने विशिष्ट चन्दादाता विमल सिंह ठकृरी तथा खेलकुद पत्रकारितामार्फत क्लबलाई सहयोग गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजाललाई नगद रु. १० हजारसहित विशेष सम्मान गरिएको छ ।
त्यस्तै विशेष सहयोगी विक्रमबाबा हाउजिङ, सुदीप सुवेदी, केशव आचार्य र तेक्वान्दो खेलाडी जयदेव पौडेललाई पनि सम्मान गरिएको छ ।
पद्मोदय युवा क्लब भरतपुर–२७, पदमपोखरीमा सुरु प्रतियोगितामा ६ वटा टिम सहभागी रहेका छन् । नेपालका एपीएफ, नेपाल प्रहरी र नेपाल आर्मी क्लब तथा भारतको बीएमडब्लु दिल्ली (भारत), साम्चे भलिबल क्लब भुटान र वाटर डेभलेपमेन्ट बोर्ड (डब्लुडीबी) बंगलादेश सहभागी छन् । यिनीहरुले ४ दिनसम्म कूल १० वटा म्याच खेल्नेछन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता मूल संयोजक रामहरि सेढाईंले जानकारी दिए ।

दुवै पुलिसको विजयी सुरुआत
पहिलो दिन भएका दुई खेलमा नेपालका दुई विभागी टिम एपीएफ र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् । उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले अर्को विभागीय टिम नेपाल आर्मी र दोस्रो खेलमा नेपाल पुलिस क्लबले बंगलादेशको वाटर डेभलेपमेन्पट बोर्डलाई पराजित ग¥यो । 1
गतवर्ष पद्मोदय राष्ट्रिय भलिबल जितेको एपीएफले नेपाल आर्मीविरुद्ध ३–१ को जित हात पा¥यो । समूह ‘बी’ को पहिलो खेलमा पहिलो सेट २५–२३ ले जितेको नेपाल आर्मीले त्यसपछिका सबै सेट गुमायो । बेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रतियोगितामा पछिल्ला ३ सेटमा एपीएफले उत्कृष्ट जित हात पा¥यो । उसले दोस्रो सेटमा आर्मीलाई २६–२४ ले पछि पा¥यो भने त्यसपटिका दुवै सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । गतवर्षको राष्ट्रिय प्रतियोगितामा यी दुवै विभागीय टिम फाइनल खेलेका थिए ।
दोस्रो खेलमा समूह ‘ए’ को नेपाल पुलिस क्लबले वाटर डेभलेपमेन्पट बोर्ड बंगलादेशलाई सोझो सेटमा ३–० ले पराजित ग¥यो । एकपक्षीय खेलमा नेपाल पुलिसले डब्लुडीबीलाई २५–१७, २५–१९ र २५–१८ को सेटमा पराजित ग¥यो ।
प्रतियोगितामा भोलि सोमबार समूह चरणकै ४ खेल खेलाइने म्याच कमिस्नार लेखनाथ पराजुलीले जानकारी दिए ।