मुलुकको समृद्धिका लागि यतिवेला राष्ट्रिय एकताको खाचो : प्रचण्ड

राजेन्द्र आचार्य
चितवन, २३ फागुन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको समृद्धिका लागि यतिवेला राष्ट्रिय एकताको खाचो भएको बताएका छन् ।12823121_1044390655602739_1398568315_o
संविधान कार्यान्वयन, पुनिर्माण अभियान प्रभावकारी बनाउन राष्ट्रिय एकताको खाचो छ–उनले भने, राष्ट्रिय स्वाधिनता रक्षा र सुढढृीकरण निम्ती मेरो चिन्ता अहिले त्यसमा छ ।
चितवनको पटिहानीमा आजदेखि सुरु भएको अन्तराष्ट्रि पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन गर्न चितवनमा आई पुगेका प्रचण्डले क्रान्तिकारी पत्रकर संघ चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति, प्रधानमन्त्री भन्दा राष्ट्र प्रतिको जिम्मेवारी र जनता प्रतिको जिम्मेवारी पुरा गर्न राष्ट्रिय एकताको चिन्ताले सताएको बताए ।
राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताउदै उनले नयाँ संविधान कार्यन्वयन र भूकम्पपछिको द्रुत पुनःनिर्माणका लागि सबै पार्टीहरुबीचको सहमतिमा राष्ट्रिय सरकारको आवश्यकता रहेको प्रचण्डको ठम्याई छ ।
एमाओवादी सरकार गिराउने खेलमा नलागेको प्रष्ट पार्दै अध्यक्ष प्रचण्डले १६ बुँदे सहमतिमै केपी ओलीको नेतृत्वमा सरकार बनाउने उल्लेख भएकाले सबैको सहमतिमा हुने राष्ट्रिय सरकारको नेतृत्व पनि १६ बुँदै सहमति अनुसार नै हुने बताए ।

उनले राष्ट्रिय एकता निम्ती अहिले राष्ट्रिय सरकार काग्रेसको महाधिवेशन लगत्तै बन्ने दावी पनि गरे । राष्ट्रिय सरकार बन्नछ–उनले भने, १६ बुदे सहमतिमा नै ओली जी कै नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै १६ बुदेको मर्मको आधारमा विगतका गल्ती सच्चाउदै ओलीकै नेतृत्वमा सरकार बन्छ ।
सरकार भएको त जनता महसुस गर्न पाएका छैन्नी भन्ने पत्रकारको जिज्ञासामा पूर्व प्रधामन्त्री समेत रहेका प्रचण्डले सरकार भुकम्प र प्रतिकुल अवस्था सरकार बनेको बताउदै केहिदिनमा क्याविनेट बाटै उर्जा संकट हटाउन सरकारले नयां योजना लयाउने खुलासा समेत गरे ।
उनले आफु प्रधानमन्त्रीको आकांक्षी नरहेको पनि प्रष्ट पारे । गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि राष्ट्रिय एकता र राजनीतिक स्थिरताका लागि आफुले नेतृत्व लिनुपर्ने अवस्था आएकाले आफुलाई प्रधानमन्त्री, राष्ट्रपति लगायतको लोभ नभएको प्रचण्डको कथन छ ।
सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्ने जिज्ञासामा प्रचण्डले भने, ‘यो सरकार आँफै प्रतिकुल परिस्थितिमा बनेको हो । त्यसैले यसले काम गर्न नसकेको भन्नुमा तर्क छैन । राष्ट्रियताको सवालमा यसको अडान हामी सबैले देखेका छौं । प्रचण्डले वार्ता र संवादका कारण दिनप्रतिदिन वातावरण सहज बन्दै गएकाले सरकारको काम प्रभावकारी हुने बताए ।
प्रचण्डले दुई माओवादीको एकीकरणका लागि पहल भइरहेको र छिट्टै एकीकरण हुने दोहोर्‍याए ।