चितवन प्रहरीको कार्य सम्पादनप्रति सन्तुष्ठ

चितवन, २२ फागुन । चितवनमा प्रहरीको कार्यसम्पादन सन्तोषजनक रहेको स्थानियले वताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शनिवार इलाका प्रहरी कार्यालय अन्र्तगत वकुलहरमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा रत्ननगर र यस आसपासका स्थानियले प्रहरीको कार्य सम्पादन प्रति सन्तुष्ठी जनाएका हुन् । प्रहरीले व्यवहारमा भने केही सुधार गर्नु पर्ने उनीहरुले औल्याएका छन् । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले शान्ति सुरक्षा तथा अमनचयन पहिलेको भन्दा सुधारिएको वताए । प्रहरीको सक्रियताले गर्दा व्यवसायिक सुरक्षा भएको अनुभुत भएको छ संघका अध्यक्ष विसुरालले भने —तर ढुक्क रहेर वस्ने अवस्था छैन ,मुन्द्रे ट्यापे सलवलाउन थालेका छन् । कार्यक्रममा रत्ननगरका चन्द्रमोहन उप्रेतीले शान्ति सुरक्षा तथा प्रहरीको व्यवहारमा पुर्ण रुपमा सुधार गर्नु पर्ने वताए । ज्ञानेन्द्रराज पाण्डेले मुस्कानसहितको प्रहरी सेवा नाममा मात्रै नभई व्यवहारमा समेत उत्रानु पर्ने वताए । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्ण पुरी,शम्भुभक्त थपलिया,सितादेवी शर्मा,चन्द्रकान्त ओझा,ऋतु गिरी,रेवान सौराहाका अध्यक्ष राजन भट्ट लगायतले गस्ती वढाउनु पर्ने,लागु औषध प्रयोग न्युनिकरण,विना गल्ती ट्राफिकले जरिवाना तिराउने प्रवृत्तीको अन्त्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक वसन्तवहादुर कुँवरले आफु चितवन आएपछि शान्ति सुरक्षामा कुनै पनि कमी हुन नदिएको दावी गरे । चितवनमा अपराध नियन्त्रणमा छ प्रहरी उपरिक्षक कुँवरले भने ठुलो घटना हुन नदिन सानैमा नष्ट गर्नुपर्छ ,त्यस्तो कार्य हामीले गर्दै आएका छौ । चितवनमा चोरी डकैती,गुण्डागर्दी जस्ता आपराधिक कार्यहरु शुन्य जस्तै अवस्थामा रहेको दावी गरे । प्रहरी भित्रै पनि केही खराव आचरणका व्यक्ती रहेको भन्दै प्रहरी उपरिक्षक कुँवरले गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको वताए । कार्यक्रममा नागरीकबाट आएका गुनासालाई आत्मसाथ गर्दै अघि वढ्ने वताए । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्यका बारे जानकारी गराएको सो कार्यक्रम जिल्ला प्रहरी प्रमुख कुँवरको अध्यक्षतामा भएको थियो ।

फागुन भित्र धेरै सहज हुन्छ
चितवनमामा फागुन मसान्त भित्र पेट्रोलियम पदार्थ सहज हुने जिल्ला प्रसासन कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगरमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले फागुन मसान्त भित्र चितवनमा पेट्रोलियम पदार्थ धेरै सहज हुने वताए । माग अनुसार आपुर्ती नहुँदा अझै असहज अवस्थामा देखिएको हो प्रजिअ सिंहले भने यो महिना २,३ दिन सार्वजनिक विदा रहेकाले यो महिनाको अन्तिम सम्म धेरै सहज हुने आशा गरौ । पेट्रोलियम पदार्थ वितरणमा हिजो भन्दा धेरै सहज भई सकेको उनले दावी गरे । प्रजिअ सिंहले दावी गरेपनि सर्वसाधारण अझै लाईनमा वसेर डिजल पेट्रोल हाल्नु परेको छ । चितवनमा दैनिक २ लाख डिजल र ५० हजार पेट्रोल खपत हुने गरेको छ ।