सकियो फ्रि सर्भिस क्याम्प, तीन जनाले पाए पुरस्कार

 

चितवन, फागुन २१ । बजाज मोटरसाईकलको आधिकारिक विक्रेता नारायणी मोटर्सले बुधबारदेखि सुरु गरेको फ्रि सर्भिस क्याम्पस आजबाट सकिएको छ । SAM_615तीन दिन सम्म चलेको क्याम्पमा बजाज कम्पनीका विभिन्न मोटरसाईकलले निःशुल्क सर्भिस लिएका थिए । सर्भिस क्याम्पबाट ग्राहकहरु खुशी भएको नारायणी मोटर्सका प्रवन्ध निर्देशक बालगोपाल चुकेले बताउनुभयो ।

यस्तै निःशुल्क सर्भिस क्याम्पमा सहभागि हुनेहरु मध्य तीन दिन नै लक्की ड्र मार्फत एक÷एक जनालाई पुरस्कृत गरिएको छ । आज अन्तिम दिन पल्सर मोटरसाईकल सर्भिस क्याम्पमा सहभागि सुवास कँडेलले आकर्षक पुरस्कार जितेका छन् ।

यसअघि पहिलो दिन जीवन मल्ल, दोस्रो दिन सन्देश पौडेलले लक्कि ड्र मार्फत पुरस्कृत भएका थिए । नारायणी मोटर्सले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published.