११ हजार लिटर अवैध डिजल नियन्त्रणमा लिएर प्रहरीलाई वुझायो

 

चितवन,फागुन २३ । एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसिएल नेपालले चितवनमा ११ हजार लिटर डिजल बरामद गरी प्रहरीको जिम्मा लगाएको छ ।नवलपरासीको त्रिवेणीबाट काठमाडौं लैजाँदै गरेको अवैध डिजल वाइसिएल चितवनले बरामद गरेको हो ।12799039_1140489402680005_8945192499782166338_n

४६ वटा ड्रममा डिजल राखेर काठमाडौं जाँदै गरेको ना ४ ख ५५९४ नम्बरको ट्रक रामनगरबाट नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको चितवन वाइसिएल इञ्चार्ज इश्वर सापकोटा ‘सुमन’ले जानकारी दिए ।‘नवलपरासीदेखि नै साइकलमा ओसार्दै गाडीमा लोड गर्दै गरेको सूचना पाएपछि हामीले पछ्याऔं,’ इन्चार्ज सुमनले भने, ‘बर्दघाटको चेकपोष्ट र कावासोतीको चेकपोष्टमा कहिँ पनि त्यो गाडीको इन्ट्री नदेखेपछि अवैध हो भन्ने लाग्यो र रामनगरमा रोकेर सोधपुछ गर्दा त्यो पुष्टि भयो ।’चितवनको रामनगरमा गाडी रोकेर कागजपत्र माग्दा गाडीवालाले देखाउन नसकेको र कागज लिएर आउँछु भनेर हिँडेको व्यक्ति सम्पर्कविहीन भएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले ट्रक चालक र सहचालकलाई डिजलसहित नियन्त्रणमा लिएको छ । चालक र सहचालकले आफूहरु भाडामा काठमाडौं जान लागेको बताएका छन् ।