नमस्ते नेपाल कतार शाखाको दोश्रो भेला सम्पन्न

12804237_948077808619784_583922797_n

अनिल बानिया ।
दोहा कतार ,फागुन ,२२ ।

मनोरञ्जन परोपकार र लगानिको क्षेत्र पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान “भन्ने मुल नाराका साथ नमस्ते नेपाल कतार शाखाको दोश्रो भेला सम्पन्न भएको छ ।
सस्थाका निबर्तमान अध्यक्ष इश्वर काफ्लेको सभापतित्व तथा समाज सेबि एवम आइ. सि.सि. सदस्य हम्सराज ढकाल को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा , नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय प्रथम उपाध्यक्ष हिमलाल शर्मा , नेपाली लोकदोहोरी गायिका देबिका के.सि.( गुरुङ ), समाजसेबी एवम बुद्दिजिबी चानक पोख्रेल अर्घाखाँची सेवा समाजका युबराज पाण्ड, सुदुरपश्चिम सेवासमाजका अमृत शाही, खस क्षेत्री सेवासमाजका रेशम ब. खत्री , दाङ देउखुरी सेवासमाजका बसन्तराज पुरि, ठकुरी सेवासमाजका श्रीराम मल्ल, इलाम सेवासमाजकि रेणुका कार्की ,एकता समाजकी सन्जु सुन्दाज , प्रबासी सेवासमाजका छम परियार , फेवा सास्कृतिक परिवारका तुल परियार लगाएतको उपस्थिति रहेको थियो ।

दोहा स्थित टप फर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा लोकगायक गायिका भुपेन्द्र राना , कमला गुरुङ , शरद पाण्डे सहित आधुनिक गायक एवम संगीतकार रेमकुमार लामाको सांगितिक प्रस्तुती सहित बसन्त फिलिम्सका कलाकारहरुको बेजोड नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
भेलाले रमेश दर्नालको अध्यक्षतो १५ सदस्यिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष्ँमा निशा ढकाल , सचिबमा अनिल बानिया, कोषाध्यक्षमा गोबिन्द कार्की र सहसचिवमा याम क्षेत्री रहनु भएको छ । दुई जना सदस्य भने पछि थप गरीने र १७ सदस्यिय कार्यसमिति निर्माण गरीने जनाएको छ ।