चितवन जिविसको दोस्रो सार्वजानिक सुनवाई

राजु थापा,
चितवन, २१ फागुन । चितवन जिल्ला विकास समितिले आफनो कार्यालयले आर्थिक वर्ष २०७२/०७३ मा गरेका कार्यहरुको दोस्रो चौमासिक सार्वजानिक सुनवाई राप्ती नगरपालिकाको विरेन्द्र नगरमा विहिवार सम्पन्न गरेको छ ।
स्थानिय बासिन्दा र सर्वसाधारणको अन्यन्तै न्युन सहभागितामा सम्पन्न भएको सार्वजानिक सुनवाईमा जिल्लाका कार्यालय प्रमुखहरुको भने बाक्लो उपस्थिति रहेको थियो । जिल्ला भरिको सार्वजानिक विषयमा हुने सवालहरुको विषयमा सर्वसाधारणको न्युन उपस्थितिले सार्वजानिक सुनवाई सरकारी कार्यालयको कर्मचारीहरुको छलफल जस्तो देखिएको थियो ।
जिल्ला विकास समिति को आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यलय, भष्ट्राचार विरुद्ध अभियान चितवन र महिला सधन विकास केन्द्रको सहकार्य र समन्वयन रहेको थियो । कार्यक्रममा सर्वसाधारणको न्युन उपस्थिति रहेता पनि पार्टीका प्रतिनिधिहरुले उठाएको सडक , ईन्धनको ब्यवस्थापन, खोला जन्य वस्तुको उत्खनन्, सरकारी जग्गा हरुको अपचलन, भुकम्प सम्वन्धी प्रश्नहरुको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्र्ेल लगायत सम्वन्धीत विषयका कार्यालय प्रमुखहरुले जवाफ दिनु भएको थियो । राप्ती नगरपालिकाको सहयोग रहेको कार्यक्रममा भष्ट्राचार विरुद्ध अभियान चितवनले प्रतिवेदन सार्वजानिक तथा प्रस्तुतिकरण गरेको थियो । प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह प्रमुख अतिथि रहनुभएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष जे एन थपलिया, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्वर पुरी, नेपाली काग्रेसका निलमणी पाठक, एमाओवादीका दण्डपाणी पौडेल लगायत पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको बार्यक्रममा स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेल सभापति रहनु भएको थियो ।