रत्ननगरमा अभिमुखिकरण कार्यक्रम

चक्रपाणि तिमल्सिना
चितवन, २१ फागुन । चितवनको रत्ननगर स्थित हंश मनोरञ्जन केन्द्रमा वातावरण मैत्री स्थानिय शासन कार्यक्रम (EFLG) सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रत्ननगर ८ स्थित साई स्वर्णिम टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
रत्ननगर नगरपालिकाले वार्ड नं ८ लाई वातावरण मैत्री टोल घोषणा गर्ने उदेश्य अन्र्तगत सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष परशुराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथिका रुपमा रत्ननगर नगरपालिक वार्ड नं ८ का सचिव श्री खगराज पराजुलीको उपस्थिती रहेको थियो । साथै वातावरण मैत्री स्थानिय शासन कार्यक्रम रत्ननगर नगरपालिकाका तर्फबाट सन्ध्या रिजालले कार्यक्रम र अनुसुचीका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागिहरुले नगरपालिकाले टोललाई वातावरण मैत्री बनाउन खेलेको भूमीकाको प्रशंसा समेत गरेको थिए ।