खैरहनीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई

 

चितवन, २१ फागुन । खैरहनी नगरपालिकाको दोस्रो चौमासिक अन्र्तगतको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरपालिकाको कार्य सम्पादनलाई चुस्त र पारदर्शी वनाउन आग्रह गरेका छन् । kaharane 4कुमरोज संयुक्त वडा कार्यालय वडा नः १०, ११, १२ र १३ अन्र्तगत गरिएको सार्वजनिक सुनुवाईमा सहभागीहरुले यस्तो टिप्पणी गरेका हुन् ।

खैरहनी नगरपालिका पर्यटन र कृषिका लागि निकै सम्भावना भएको क्षेत्र रहेको भन्दै यस तर्फ नै नगरवासी र नगरपालिकाको ध्यान जानुपर्ने सहभागीहरुको टिप्पणी छ । सहभागीहरुले उठाएका सवालहरुको जबाफ दिदै नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले नगरपालिकाले भित्र जनताका असिमित आवश्यकता रहेको तर स्रोत साधान सिमित हुदा कतिपय कामहरु पुरा गर्न नसकिएको स्वीकार गरे ।

उनले राजनैनिक दलहरुसँग आफ्नो सम्वन्ध नंङ र मासुको जस्तो नभई मुटु र रगतको जस्तो रहेको वताए । उनले नगरपालिकाले फोहर व्यवस्थापन, सडक बिस्तार, खानेपानीका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको वताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काँग्रेसका नगरप्रतिनिधी बाल कुमार उप्रेती, नेकपा एमालेका नगर प्रतिनिधी कृृष्णलाल चौधरी, एमाओवादीका नगर प्रतिनिधी कल्याण लटौला, राप्रपा नेपालका कृष्णचन्द्र ढुङगना,फोरम लोकतान्त्रिकका चूडामणि चौधरी, राप्रपाका ऐन प्रसाद डल्लाकोटी, नेकपा माले कृष्ण थपलिया, थरुहट पार्टिका टिकेन्द्र चौधरी लगायतले बोलेका थिए । करिव ८० जनाको सहभागीता रहेको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सुवास पण्डितले गरेका थिए । महिला सघन बिकास केन्द्र खैरहनी ८ पर्सा चितवनको संयोजन र व्यवस्थापनमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । यसअघि पहिलो चौमासिक अन्र्तगत सार्वजनिक सुनुवाई कार्यक्रम चैनपुर संयुक्त वडा कार्यालयमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.